Fitkauli LIVE
साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनिकालमा धैर्य

यी दुवैको उचित पारख गर्ने क्षमता भने व्यक्तिस्वयंमा चाहिन्छ । पारख हुन नसके मान्छे मात्तिन र ठुस्सिन कत्ति बेर लाग्दैन ।

Nepal Telecom ad

डा.छायादत्त न्यौपाने :

प्रतिस्पर्धी कमजोर हुँदा खेल जित्न सजिलो हुन्छ । प्रतिस्पर्धीसँग गरिने मिलिमतोले पनि खेल जिताउँछ । प्रतिस्पर्धीलाई कमजोर आँकलन गरे खेल हार्न सजिलो हुन्छ । जे हुँ मै हुँ, जे छ मेरै बोलबाला छ भन्ठान्ने मनहुस चरित्र निर्माण भए प्रतिस्पर्धीको अस्तित्व स्वीकार नगर्न सकिन्छ । अनुहारको कालो नधोए ऐना पुछिरहन पाइन्छ । दुई छिमेकी राष्ट्रका शासकले बेहोरेको किशोरवयी (जेनजी) विद्रोहलाई नजरअन्दाज गरे कमिसनको स्वाद मिठो मानी मानी खान मिल्छ । सत्ताको चास्नीमा डुबिरहँदा मजा आउँछ । मजा चखाउने किशोरवयी आक्रोश नचिनेर हेपिरहने दम्भले खोइ कहाँ पु¥याउँछ ? अन्योलको पिङ मुटु हल्लिने गरी खेलिरहे भो । चुनौतीको शैलीमा डुक्रन जानेपछि सहअस्तित्व निमोठ्न पाइने । छैन त त निमोठ्नुको बेग्लै मजा ? भकारो ओगट्न पल्केको बुढो बयल आजीवन खाली नगर्ने ध्याउन्नमा छ । उसलाई मन पर्ने भनेको हवस्बहादुर हो । ऊ उही चाकरीको स्वादमा जिब्रो लेप्य्राई लेप्य्राई ओठ चाटिरहन्छ । दम्भी खोलभित्रबाट चियाउन छाड्दैन ।

कतिले साथ त्यागे कतिले बुट बजारिरहेछन् हेक्का छैन तर हवस्बहादुरको दम्भी दाउपेचसँग रमाउँछ । कुनै डेरा सरेको हवस्बहादुर फर्किन आसमा जाल फाल्छ, बल्छीको टुप्पामा गड्यौलाको टुक्रा टाँसिरहन्छ । हैन कति सकेका के यी हरुवाको छेरुवा दाउ ! मातहतका निकायले मुख मोडेर कुहिनाले धक्का मार्दा पनि चेत खुलेन, किन दम्भको ढकनी उघारिएन ? भनिन्छ विपत्तिकाले विपरीत बुद्धि, नहुनेपालिमा फूल फुल्यो सुकेको डालीमा, बेलामा विवेक नपलाएपछि मान्छे विचलनको बाटो हिँडेर राँची पुग्ने रहर पूरा गर्छ ।

सदैव भाषण गर्ने जीवनवादी स्वर सर्वथा मिथ्या ठहरिएकै हुन् ? भाषणमा फलाके जस्तै जीवनानुकूल गतिवान् विचार र व्यवहारमा जनहित कतै देखिएन । देशको स्वाधीनता र जनहितमा काम गर्ने बाचा पत्याइयो पटकपटक पत्याइयो तर धोकाबाहेक क्यै हात लागेन । व्यक्ति, गुट र पार्टीस्वार्थले जनजीवन अभाव र असन्तुलित बाँच्न बाध्य बनाइरह्यो । वरिपरि घुमिरहने असेपासे कुरा सुनेर अल्झँदै उनीहरुकै कालाकर्तुत ढाकछोपमा रमाउने बानीले गाउँघरका चुलाचम्काबाट साँझबिहान धुवाँ ननिस्केको यथार्थतिर चासो राख्नै दिएन, देओस् पनि कसरी निजी सुख–सुविधा बटुल्न र बटुलिदिने खेतालाहरुको संरक्षणबाटै फुर्सद मिल्दैन मै हुँ भन्ने अगुवालाई । आवश्यक सल्लाह दिने विवेक र साहस भएका इमानदार बुद्धिजीवी हवस्बहादुरको घेरो उछिनेर छेउसम्म पुगी सुनिने गरी बोल्नै पाउँदैनन्, पाएका बोल्न जान्दैनन्, जानेका क्यै पाइएला कि ? प्रतीक्षामा सीमित छन् । ऊ जस्तो उस्तै आपूm हवस्बहादुरको घेराभित्र खुम्चिएको छ अनि कसरी देखिन्छ क्षितिजपारि उज्यालो खोजिरहेका गाउँमा तात्न नपाएका चुला र झोपडीभित्रका भोका पेटहरु !

दोस्रो तेस्रो तहका नेताले मुख फोर्न नसक्दा आजको जेनजी (किशोरवयी) पुस्ताले हस्तक्षेप गर्नुपरेको हो । अगुवाले देला र खाउँला भनेर चचहुइ गरिरहेको कायर मानसिकता बोकेको पछिल्लो पुस्ताका नेतामा कुनै राजनीतिक सुझबुझ र आत्मविश्वास देखिएन । भर्खरै त्यत्रो ठुलो धनजनको क्षति हुने गरी विद्रोह भयो त्यो देशको आवश्यकता थियो, सुशासनका लागि अपरिहार्य थियो भनेर गफ गर्छन्र् तर बुढा नेताको सोच, योजना, दूरदृष्टि र कार्यक्षमता जनेच्छाअनूरुप भएन भनेर आफ्नै पार्टीभित्र विद्रोह गर्दैनन् बरु गुट बलियो बनाउने दाउपेचमै विश्वास गरेर देशघाती निर्णयहरुमा ताली पिटिरहने कायरमनोवृत्तिले यो तहको क्षति पु¥याएको हो भन्ने तथ्यमा बुझपचाउँछन् ।

देश र जनताको लागि अन्तरपार्टीका युवानेताहरु पनि एक ठाउँ उभिएर तमाम बेथितिहरु बढार्ने जाँगर किन नदेखा ? छ कसैसँग यसको चित्तबुझ्दो जबाफ ? कसैले आँट गरिहाले पनि थुप्रै बेथिति उभिएर बाटो छेकिरहने गति लिन नपाउने अवस्थाले अर्कोलाई आँट नदिएको हो कि हाम नफाली पौडिन सिकिँदैन भन्थे पितृपुस्ता ! स्वास्थ्य शिक्षाका बेथिति बढार्ने ध्येयको सत्याग्रहलाई पटकपटक थाङनामा सुताएको इतिहास मरेको छैन ।

कतिसम्मको निम्छरो चिन्तन ! खुम्चिएको विचार बोकेर देश बनाउने सपना बाँड्ने प्रवृत्ति कहिले फेरिन्छ ! ऊ चाहन्छ सहिद छिमेकीका सन्तान होऊन् अवसर मेराले पाऊन् । २ दिनमा निर्वाचित सरकारको प्रधानमन्त्री उछिट्टिएर सरणार्थी शिविरमा पुग्ने गरी उथलपुथल भो अन्तरिम सरकार बन्यो तर निवर्तमान शासकमा कुनै ग्लानि देखिएन । ७४ जना होनहार युवाले दिएको प्राणाहुतिप्रति दुख व्यक्ति गर्नु त कहाँ हो कहाँ उल्टै आरोपप्रत्यारोपमा उत्रेर अश्लील प्रस्तुतिमा गर्व गर्ने दुर्वाच्यले लाज मानेन । उही गर्छ ठुला कुरा, उही दिन्छ फोस्रो भाषण, उस्तै रुन्चे खेतालाको घेरो घटे पनि अभिनय उस्तै छ, हिजोजस्तै नघटेको दाबी गर्छ ।

देश नेताको होइन, नागरिकको हो । यो सत्य कहिले बुझ्ने ? आफूलाई सचेत छु भनेर नागरिक समाजमा आबद्ध नागरिकले ? देश जलिरहेको छ नागरिक समाज शक्तिसामथ्र्य कतातिर ढल्किन्छ प्रतीक्षामा छ, सुरक्षा निकाय पनि किशोरवयी मान्छे मारेर भ्रष्ट शासकको संरक्षण हुन सक्दैन भनेर पछि हट्छ । आन्दोलनकारी आफैं हतियार चलाएर आगजनीमा सहभागी हुने ? जेनजीको खोल ओढेर मुलुक तहसनहस पार्ने कुत्सित मनसायले विध्वंस मच्चाउने कामको रमिते बन्यो सुरक्षासंयन्त्र र स्थानीय सरकार पनि । विभिन्न थरी अफबाह फैलाएर यी किशोरवयी मान्छेहरुबिच फाटो ल्याउन गरिएको दुस्साहस पनि कम्ता देशघाती छैन । आपसमा फाटो ल्याउनमा कस्सिएको देखाउँछन् पछिल्लो समय सञ्जालमा सार्वजनिक गरिएका भिडियोले ।

हामीलाई सचेत गराउने आलोचना गर्ने हाम्रो गन्तव्य के हो भनेर प्रश्न तेस्र्याउने काम भनेको विरोधी हो र हामी विरोध सुन्न चाहँदैनौं जस्ता अभिव्यक्ति आइरहेका छन् । यदि यो जेनजी चिन्तन हो भने धूर्त शासक बनेका पार्टीका नेताहरुको पतनको बाटो पनि यही थियो । जनताका कुरा नसुन्ने ? सुन्नै नचाहने प्रवृत्ति आपैmले निर्धारण गर्नु भनेको विवेकहीन दम्भी आचरण हो । धेरैका मतअभिमत सुनेर विचार बनाउन सकिन्छ । वादेवादे जायते तत्त्वबोध यसैले हो असल चिन्तन निर्माण गर्ने । यतातर्फ सकारात्मक भई विमर्श गर्नु हितकर हुन्छ । स्मरण रहोस् सबै कसैका मित्र र शत्रु हुँदैनन् । विधि व्यवहारले दिने क्रियाप्रतिक्रिया सुनेर मित्र र वैरीको पहिचान गरिनु आवश्यक हुन्छ । एक दिनको सहमति सदैव सहमति नहुन सक्छ । दीर्घकालीन असर पर्ने विषयमा विज्ञबिच गम्भीर बहस गरीगराई वैज्ञानिक निष्कर्षमा पुग्नुपर्ने हुन्छ ।

राजनीतिक वृत्तमा थुप्रिएको कसेर बढारेर मिल्काउनु आवश्यक थियो । किशोरवयी पुस्ता अगाडि आयो । २ दिनमै हलचल मच्चायो । जनताको रगतपसिनाले ढाडिएका मैमत्त जुकाहरु दुला पसे । अन्तरिम सरकार बन्यो । यो एउटा सकारात्मक परिणामका लागि गरिएको ध्वंसात्त्मक परिघटना थियो तर तुरुन्तै किशोरवयी पुस्तामा फरक मत देखिनु सुखद सङ्केत रहेन । आपसी विमर्शले यो फरक मतलाई एक ठाउँ उभ्याउनु जरुरी हुन्छ । समयमा चुनाव गराउने मुख्य जिम्मेवारी पाएको अन्तरिम सरकारले भ्रष्टाचार नियन्त्रणका लागि प्रक्रिया अघि बढाउने, आन्दोलनमा घुसपैठ गर्नेलाई न्यायिक कठघरामा पु¥याउने, शिक्षा, स्वास्थ्य क्षेत्रमा बढेको बेथिति नियन्त्रण गरी समतामुखी विधिव्यवहार कायम गर्नेजस्ता सामाजिक दायित्व पूरा गर्नेतिर थोरै प्रयास गरेको दाबी हुन सक्छ तर नतिजा बोल्न सकेन वा समय पुगेन ? कृषि उद्योगलाई अघि बढाई उत्पादन र बजारव्यवस्थापनमा सन्तुलन ल्याउनुपर्नेछ ।

विज्ञ समूहबाट विशिष्टताका आधारमा मन्त्रीमण्डल गठन हुने र सांसदको काम नीतिनिर्माणमा सीमित गर्ने । बैदेसिक मामिलामा रहेको हाम्रो असंलग्न परराष्ट्रनीति अक्षुण्ण राख्ने, संवैधानिक नियुक्तिमा भागबन्डाको बेथिति अन्त्य गर्ने । कृषि उद्योगलाई विविधीकरण गरी आधुनिक प्रविधिसँग जोडेर मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा अग्रसर गराउने । सुरु भएका राष्ट्रिय महत्त्वका योजना नयाँ सरकारले निरन्तरता दिने, राजनीतिक पार्टीस्वार्थको अन्त्य गरी राष्ट्रिय स्वार्थमा काम गरिनुपर्ने कानुनी व्यवस्था कायम गर्ने । जीवनमुखी शिक्षानीति लागु गर्ने । बजारमूल्य नियन्त्रण गरी सर्वसाधारण सबैको जीवन निर्वाहलाई सहज बनाउनेजस्ता नीतिगत विषयमा जनोत्तरदायी भूमिकालाई बलियो बाउने ।

यी र यस्तै समन्यायी सामाजिक मर्यादा नभत्किने गरी शान्तिसुरक्षा कायम गर्नेजस्ता कामलाई प्राथमिकता दिएर अघि बढ्नु उपयुक्त हुने थियो । भनिन्छ आलोचना र प्रशंसा मान्छेलाई गति दिने विषय हुन् । प्रशंसाले मान्छेमा उत्साह थप्छ भने आलोचनाले सत्यतथ्य पहिचान गराई गन्तव्य देखाउँछ तर यी दुवैको उचित पारख गर्ने क्षमता भने व्यक्तिस्वयंमा चाहिन्छ । पारख हुन नसके मान्छे मात्तिन र ठुस्सिन कत्ति बेर लाग्दैन । आलोचना सुन्ने धैर्यले हो मान्छेलाई दम्भको पगरी फुकालेर शालीन दैलोबाट विवेक पसाएर सामाजिक व्यक्तित्व बनाइदिने ।

आजको विश्व परिवेशमा हाम्रो मुलुक पछाडि रहनुको कारण अनैतिकले नैतिक शिक्षा दिनु, कानुनमा राजनीतिक स्वार्थ हाबी हुनु, शिक्षा–स्वास्थ्य सेवा व्यापारीको हातमा जानु, राज्यसंयन्त्रमा व्यक्तिस्वार्थले काम गर्नु, उद्योगव्यवसाय विदेशी हस्तक्षेपको प्रभावमा पर्नु, शिक्षानीति जीवनमुखी हुनुको सट्टा बिदेसिन उक्साउने हुनुजस्ता विधिविपरीत काम गर्ने मनसुबा हो । यो बेथिति बढारेर जीवन निर्वाहको साँचो विधिसम्मत खुलेर खाँचो कम गर्ने विवेक, इमन, नैतिक मूल्ययुक्त नीर क्षीर धीर सादगी शासकीय व्यवस्था सक्रिय रहोस् ।

०००
पर्वत । हाल काठमाडाैं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हामी उल्लूहरु !

हामी उल्लूहरु !

डा. छायादत्त न्यौपाने ‘बगर’
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
दोषी चस्मा २.०

दोषी चस्मा २.०

संप्रस पाैडेल
विज्ञापन

विज्ञापन

भोलानाथ सुबेदी
नक्कल

नक्कल

सीताराम नेपाल
भलो चाहनेहरूको भिड

भलो चाहनेहरूको भिड

फित्काैली डटकम
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x