Fitkauli LIVE
साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विज्ञापन

विज्ञापनसँग व्यापार गाँसिन्छ । आयआर्जन गाँसिन्छ । हामी यति काम नलाग्ने नबनौं। हामीलाई राँगो, बोको, गाई, भैंसी जसरी खोज्दै हिँड्नु नपरोस्। हाम्रो मूल्य विज्ञापन गरेर तोकिनु नपरोस्।

Nepal Telecom ad

 भलादमी भाेला :

विज्ञानले विश्वमा ज्ञान छरेपछि विज्ञापनले जरा गाड्न थालेको हो बजारमा । विज्ञापन आवश्यकताले खोजेको उपाय हो । विज्ञापनको जरो केलाउँदै जाने हो भने यो नेपाली समाजबाटै विकास भएको मान्न सकिन्छ। समस्यालाई पर्गेल्नका लागि, बन्धनलाई फुकाउनका लागि, समस्यालाई टार्नका लागि जे जे उपायहरू प्रयोग हुन्छन् ती सबै विज्ञापनबाटै आएका प्रसङ्गहरु हुन्। विज्ञापनको सुरुवात घरबाटै हुन्छ। बुहारी भित्र्याउन होस् वा छोरी अन्माउन विज्ञापनको विगुल फुक्न लगाउनु पर्छ । विज्ञापन पुरेतबाट सुरु भई आफन्त नरनातासम्म पुगेर असरल्ल छरिन्छ ।विज्ञापन भएन भने घरबार चल्दैन । दरबारको द्वार खोलिँदैन । चुलोमा आगो बल्दैन।

दाउरेलाई चाउरी भित्र्याउनुहोस् वा गोठको लाहुरी बेच्न विज्ञापनमै निर्भर हुनुपर्छ। भाँडा धुने तरिका सिक्न होस् वा टाँडमा सुत्ने कला जान्न पनि विज्ञापनकै भर पर्नु पर्दछ।विज्ञापन सूचनाको माध्यम हो। अति भए यो बहुलाको हाँसो हो,जीवनयापनको सारथी हो। विज्ञापन शिक्षा हो या दर्शन हो। न यसलाई शिक्षाविद्ले पर्गेल्न सके न वैज्ञानिकले । विज्ञानको ज्ञानलाई रछ्यानमा फ्यालेर हौसिएको वृक्ष जस्तै हो यो। विश्व बजारले आफ्नो सामान बिक्री गर्न योजना तयार पार्न जोखना हेर्दाहेर्दै नेपाली समाजले प्रादुर्भाव गरेको बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन भन्ने उखान विज्ञापन बजारको जरो हो । विज्ञापन जताततै छ । घरको ढोकाबाट पाइला निकाल्न नपाउँदै पठाउ वा इन ड्राइभ जस्ता सवारी तानातान गर्न आइपुग्छन् । फुटपाथका पसलमा सामान मोलतोल गर्न लाग्दा यता हजुर यता भन्दै पसले हात तान्न आइपुग्छन्। आफ्नो ग्राहक अर्कोले भाड्न खोजेपछि दुई व्यापारीबीच कुस्ताकुस्ती हेर्न कम्ता मजा आउँदैन। बजार मँहगो भएर नेपालीका बङ्गारा झार्न थालेपछि विज्ञापनले थोर बहुत मद्दत गरेको छ हामीलाई ।

विज्ञापन फुटपाथमा सामान बेच्नेदेखि होडिङ बोर्ड राखेर विज्ञापन गर्नेसम्म चलन रहेको पाइन्छ। सयमा ३ जोर भनेर मोजा बिकाउने हुन् वा बोका बेच्ने व्यापारी सबै विज्ञापनका भोका हुन्छन् । अहिलेको विज्ञापन त युट्युब र टिकटकले गरिदिएकै छ। कमसल वस्तु देखाएर महँगो वस्तु भिडाइदिने चलन चलेको छ ।

विज्ञापन कहाँ हुँदैन। शैक्षिक सत्रको सुरुमा विद्यार्थी भर्नाको विज्ञापनमा हारालुछ हुने गरेको पाइन्छ । होटल खोल्नुपर्दा होस् वा कामदार राख्नुपर्दा विज्ञापन अति आवश्यक छ। सरकारी पदपूर्तिका लागि आवेदनको चाङ विज्ञापनले नै बटुल्ने गर्दछ। विदेश जान विज्ञापन स्वदेशमा गरी खान विज्ञापन। पोको उठाउन विज्ञापन भोको अघाउन विज्ञापन। खानलाई विज्ञापन, जानलाई विज्ञापन । आयु हर्नेको विज्ञापन, गोजी भर्नको विज्ञापन । यत्रतत्र सर्वत्र विज्ञापनले चलेपछि हाम्रो जीवनशैली पनि विज्ञापन बेचेर बाँचिरहेछ ।

कमाउन, रमाउन, जमाउन, उडाउन, कुदाउन, धकेल्न मात्र विज्ञापन नभई तालुमा कपाल रोप्न होस् वा भारुमा दारु धोक्न विज्ञापन कहिले लाल सलाम त कहिले जय नेपाल भएर आइपुग्छ । सस्तोलाई महँगोमा बेच्नु परे विज्ञापन। टर्रोलाई गुलियो बताउनु परे विज्ञापन। आफूले आफैंसँग ढाँट्न पनि विज्ञापन ।

विज्ञापनसँग व्यापार गाँसिन्छ । आयआर्जन गाँसिन्छ । हामी यति काम नलाग्ने नबनौं। हामीलाई राँगो, बोको, गाई, भैंसी जसरी खोज्दै हिँड्नु नपरोस्। हाम्रो मूल्य विज्ञापन गरेर तोकिनु नपरोस्।

०००
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सालो किन करायो

सालो किन करायो

भोलानाथ सुबेदी
परान गो

परान गो

भोलानाथ सुबेदी
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
दोषी चस्मा २.०

दोषी चस्मा २.०

संप्रस पाैडेल
नक्कल

नक्कल

सीताराम नेपाल
अनिकालमा धैर्य

अनिकालमा धैर्य

डा. छायादत्त न्यौपाने ‘बगर’
भलो चाहनेहरूको भिड

भलो चाहनेहरूको भिड

फित्काैली डटकम
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x