भाेज अर्यालभ्वाङ् फाट्दा : कुरा काट्दा
र मलाइ भने खोलाकै तीर ठुलो भो अति नै भयो अब नबढाइदेऊ धेरै कुरा मेरो जिन्दगी नै भयो धुलै धुलो लगाउॅंनु पर्ला धारिलो छुरा !
भोज अर्याल :
तिमी त अति नै धेरै ठूलो
तर म परे धेरै सानो
तिमी कति खान्छौ खाऊ
मलाई केही पीर छैन
तर म त खान्छु मात्र एक मानो-
तिम्रो लेखाई र पढाई ठुलो
अनि डिग्री नै ठूलो
मेरो त केवल
जिन्दगी सँगको लडाइँ ठुलो
अरु सबै कुरा धुलै-धुलो
तिम्रो जागिरै ठूलो
कमाइ झनै ठूलो
मेरो त जागिर ले पनि पार्छ
कहिले कॅंही आँखैमा फूलो
तिम्रो घर ठुलो, थर पनि ठुलो
मेरो त केवल डर ठुलो
जागिर त मेरो
पानी विनाको सुख्खा कुलो
यस्तो पाराले कसरी बल्दो हो
मेरो घरमा बिहान-बेलुका चुल्हो
तिम्रो त शानै ठुलो, मानै ठुलो
सामाजिक पहिचानै ठूलो
मेरो लागि जता टेक्यो त्यतै
मुसाको दुलै-दुलो
तिम्रो कोठा ठुलो चोटा ठुलो
मेरो लागि त एक लोटा पानी ठुलो
तिम्रो चिल्लो गाडी चढ्ने बानी ठुलो
मेरो घरमा भैसीको पाडी ठुलो
खाट ठुलो विक्ष्याउॅंने राडी ठुलो
मेरो त मकै भुट्ने, फुटेको हाँडी ठुलो
तिम्रो देशै ठुलो, भेषै ठुलो
लामो तर फुलेको केशै ठूलो
तिमी भन्छौ अझैं
जता फुलको-रस त्यतै माहुरी भुल्यो
मलाइ यता हम्मे हम्मे नै पर्यो
कसरी बाल्नु मेरो घरको चुल्हो
जिन्दगी नै भ्वाङ् परेको झै भयो
टेक्ने खुट्टा भड्खालोमा गयो
जता ततै केवल मुसाको दुलै-दुलो
कहिले हुन्छु होला खै
म पनि तिमी जस्तै धेरै ठुलो
तिम्रो लागि ढाकेको खीर ठूलो
मेरो लागि सऱ्धै भरी पीर ठूलो
तिमीलाई फेरि पहाड कै भिर ठूलो
तर मलाइ भने खोलाकै तीर ठुलो
भो अति नै भयो
अब नबढाइदेऊ धेरै कुरा
मेरो जिन्दगी नै भयो धुलै धुलो
लगाउॅंनु पर्ला धारिलो छुरा !
०००
क्यानडा
Subscribe
Login
0 Comments
Oldest











































