साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक डोको : सम्पती विवरण

यदि सक्छौ भने तिमी पनि मैले जस्तै दाम कमाऊ सक्दैनौ भने तिमी यदि मैले जस्तै नाम कमाऊ आऊ मेरा कविता रात विरात मै झ्याप्पै समाऊ !

Nepal Telecom ad

भोज अर्याल :

हो ! मसँग पनि केही सम्पती छ-
न सोध्नु होला है त
“तँसँग भएको खास् सम्पती खै त ?”
हुनत मसँग केही पनि छैन, तर
केही नहुँदा नहुँदै पनि थुप्रै छ
तर कुरा उठ्ला नि फेरि
के हो त त्यो थुप्रै भनेको ?
हो, मसँग मात्र एउटा कलम छ
मसँग एउटा कपी पनि छ
सायद, दुइ चार डालो किताब होलान्
एक डोको जति त कविता नै होलान्
एक ढकिया कथा र व्यङ्ग्यहरु होलान्
एक मान्द्रो बिस्कुन सुकाउँदै, पोखिएका
अक्षरहरुको खेती शुरु गरेर
सिकारुले सिक्दा सिक्दै, लेखिएका
लेख्दा लेख्दै, कोर्दै सच्चाइएका
कतै अलि रुच्चाइएका
कतै अलि खुच्चाइएका
कतै अलि घोच्चाइएका
कतै अलि होच्चाइएका
कतै क्षण खानी हानिएका
कतै बाण नै ठानिएका
कतै दारिएका, कतै आगोमा खारिएका
दिलको कुनामा उम्रेका
ढिॅंडे खुर्सानी कै बेर्ना जस्तै
अरुको रुखो बारीमा सारिएका
दुनिया हसाएर आफै धित मारिएका
कोही कसैले पढ्न नमान्दा
त्यसै अलपत्र पारिएका
लेखक, देखक र वरिष्टहरुको नजरबाटै
सयौ माईल टाढा-टाढा लघारिएका
मेरा कर्कश कथाहरु, खेदिएका
बरु अन्जान आत्माहरु नै पघारिएका
जानकारहरुबाट पानी बारिएका
लछारिएका, पछारिएका
मेरा अनमोल तथा अथाहा
मेरा ती अनगिन्ती ब्यथाहरु
मेरा ती पौरखका सम्पत्ति बिवरणहरु
शृजना र साहित्यिका रत्नहरु
मनको मझेरीमा फुलेका फूलहरु
क्षणखानीका महाभुलहरु
वैकुण्ठ लोकका आकाशे पुलहरु
आफूसँगै भौतारिदाका रनभूलहरु
लौ सरकार ! आऊ अब
तिमी खुट्टा न कमाऊ
मेरो पनि सम्पत्ति छानविन गर
म पनि करोडौं कमाउॅंने मध्येको एउटा
सम्पत्ति विनाको भुक्खा
म केवल लघारिएको लेखक
आऊ मेरा कविता समाऊ
यदि सक्छौ भने तिमी पनि
मैले जस्तै दाम कमाऊ
सक्दैनौ भने तिमी यदि
मैले जस्तै नाम कमाऊ
आऊ मेरा कविता
रात विरात मै झ्याप्पै समाऊ !

०००
क्यानाडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x