साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खरानीको व्यापार

हे खुनी शासकहरु तिमीलाइ पुर्खाको पौरखले जुनी जुनी गिज्याइ रहनेछ ऊडुस र किर्ना बनेर डस्न छोडिदेऊ पराइका पाऊमा लम्पसार पर्न छोडिदेऊ ।

Nepal Telecom ad

भोज अर्याल :

ऊडुस, उपियाँ, जुम्रा र किर्नाहरुले झैं
रातो रगत चुस्दैनन् होला भन्ने ठानेको
त्यो त मेरो भ्रम मात्र रहेछ
तिनीहरु हाम्रा शासक
जो सत्ता र भत्ताका सधै उपासक
देशको ढुकुटी मात्र लुटेर पुगेन
अहिले फेरी मानिसहरुको
आलो रगत चुसेर बसिरहेका छन्
पालै पालो तिनीहरु
फेरि सिंहदरबार पसेका छन्
सिंह जस्तै सिंहासनमा टाँसिएर
तर आज बेमौसममा
तिनीहरु बस्ने कुर्ची नै
तिनीहरुकै कारणले
वडो नराम्रोसँग
जलेर खरानी भएको छ
तिनीहरुको स्वर्ग फेरि
सत्ताको सिंढी ढले सँगै
आगो सँगै सती गएको छ
मेरो देश मेरो सपना हो
पालैपालो खरानी नबनाऊ
म आज
देश बाहिर बसेर
देश बोकेर बाँचिरहेको छु
रगतको होली खेल्न छोडिदेऊ
निर्दोष सन्तान जस्तै
मेरा आफ्नै दाजुभाइ मारेर
तिमीलाइ कहिल्यै शान्ति मिल्ने छैन
बरु युगौं युगसम्म तिम्रो छाती
पीडाले पोलिरहने छ
तिम्रो मन जलिरहने छ
हे खुनी शासकहरु
तिमीलाइ पुर्खाको पौरखले
जुनी जुनी गिज्याइ रहनेछ
ऊडुस र किर्ना बनेर डस्न छोडिदेऊ
पराइका पाऊमा लम्पसार पर्न छोडिदेऊ
लाज सरम वा घिन मानेर
यो देश हाम्रो घर मात्र हैन
विविधताले भरिएको साझा फूलवारी हो
हाम्रो यो फूलवारी जलाउँन छोडिदेऊ
खरानीको व्यापार अति भयो
अब त बन्द गरिदेऊ !

०००
क्यानाडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x