भाेज अर्यालमुगलानतिर माटो हाँस्दा
माटो त्यो प्यारो हुन्छ, आफ्नै घर होस् आँगन कर्म गरे फल्छ अनाज, पर्ने छैन मागन् देश-विदेश जहा पुग्दा, कष्ट गर्नै पर्ने पसिनाको गन्धै मिठो, छैन आफै झर्ने

भाेज अर्याल :
अन्न फल्ने बारी मास्दै, मैले ढुंगा छरेँ
आफैलाई सोधि हेरें, मैले के काम गरेँ ?
साग पात रोपेँ छेउ कुनामा, तिहुन त्यो तरकारी
आफ्नै पौरख मिठो लाग्ने, हैन यो धन सरकारी
माटो त्यो प्यारो हुन्छ, आफ्नै घर होस् आँगन
कर्म गरे फल्छ अनाज, पर्ने छैन मागन्
देश-विदेश जहा पुग्दा, कष्ट गर्नै पर्ने
पसिनाको गन्धै मिठो, छैन आफै झर्ने
देशै छोडि हिँड्नेको खै, देशै कहाँ हुन्छ
मुगलानतिर माटो हाँस्दा, देशकै माटो रुन्छ !
०००
क्यानडा
Subscribe
Login
0 Comments
Oldest









































