साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भित्ते पात्रो विमोचन

मन्त्री बोलाएर यसको विमोचन गरौं पुस्तक हैन अब हामीले भित्ते पात्रो नै पढौं अनलाइनको कुरा छोडौं बरु अलिअलि पढे झैं गरेर लुतो कन्याऔं

Nepal Telecom ad

भोज अर्याल :

जब जब नयाँ वर्ष आउँंछ
तब तब
भित्ते पात्रोले खुबै चर्चा पाउँंछ
अनि उसले
बजार नै तताउँंछ
गाउँदेखि सहरसम्म
तराईदेखि पराईसम्म
हेर्दा हेर्दै परिन्छ अचम्म
ठूला ठुला अक्षरहरुमा छापिएको
महिनामाथि महिना खापिएको
घुमिघुमी नयाँ वर्ष
आउँछ सधै लिएर खुसीसँगै हर्ष

नयाँ वर्ष नआउँंदै
केही दिन पहिल्यै अनि
आएपछि पनि
बसेका हुन्छन् सबै जना
भित्ते पात्रो नै हेरेर दिन गनी
के गरिब के धनी
आएकै छ भित्ते पात्रो बारबार
ठुलो सानो न भनी
यति भए पछि अरु के चाहिन्छ त नि ?

यो एक भयानक ठुलो जिनिस हो
जुन वर्षै भरी भित्तोमा
टाँसिएर वस्छ
बेला बखत धोका दिएर
भुईँंमा फुत्तफुत्त खस्छ
तर यसको शानै बग्लै छ
चौबिसै घन्टा मान्छेको नजर तान्छ
वर्ष बितेपछि पुरै
एकै पटक खाडलतिरै जान्छ
आफूसँगै बितेका सबै दिनहरु
खर्लप्पै लान्छ

भित्ते पात्रो सामान्य बस्तु होइन
जो मोटो किताव झैं दराजमा लुकेर बसोस्
पुस्तकालयका तख्तामा भित्र पसोस्
हजुर बा ले हेर्ने पुरानो धैंसिएको
पात्रो झै कोटको खल्ती भित्र धसोस्
त्यही मुसाको गुण बनेर
वर्षै भरी बसोस्

भित्रे पात्रो सबैको शान हो
ब्यक्ति बिशेष हुदै गठन
हुँदा हुँदा हरेक संगंठन
रिती थिती तिथी र पठन
मोचन हुदै विमोचनसम्म
यसको शान नै अचम्म
आउँंनुहोस् एक तस्बिर खिचौंँ
जुटेर सबै
बिमोचनको बेलैमा रमझम्म
हामी मिलेर देखाऔं अचम्म
भित्ते पात्रो भित्र राखेर
घरको शान बढाऔं
पात्रोलाइ भित्तोमा चढाऔं
जाने ठाउां दिन गनेर चिनो लगाऔं
खाने दिन कहिले हो ? आशा जगाऔं
आफ्नालाई नजिक तानेर
अर्कोलाइ परपर भगाऔं
आउँनुहोस्
भित्ते पात्रो बनाऔं
नयाँ वर्षको खुसीयाली मनाऔं

मन्त्री बोलाएर यसको विमोचन गरौं
पुस्तक हैन अब हामीले
भित्ते पात्रो नै पढौं
अनलाइनको कुरा छोडौं
बरु अलिअलि पढे झैं गरेर
लुतो कन्याऔं
घरभित्र अनि बाहिर
भित्ते पात्रो नै राखेर भरिभराउ बनाऔं

बाह्रै महिना पात्रोसँगै सँगीसाथ मनाऔं
वर्ष बितेपछि भित्ते पात्रोलाई
रित्ते पात्रो बनाउँंदै
यसको धुलिसात बनाऔं
यसको अस्तित्वमै तातो पानी खनाऔं
फेरि अर्को नयाँ पात्रो बनाएर
नयाँ वर्ष मनाऔं
यो क्रम जारी राखौं तर अब
थोत्रो भित्ते पात्रोको भकारी नबनाऔं ।

०००
क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x