भाेज अर्यालपैसा भयो तर बैंश गयो
तिनको आत्मा पिरो हुन्छ, खुर्सानी दले झैं कोही त ठान्छन पैसो पनि, बोटैमा फले झैं पैसा सोहोर्न हिँड्नेहरु, बैंश गुमाउँछन् मनै थाम्दा ठाडो घाँटी, लाउँदै रमाउँछन् ॥

भोज अर्याल :
गएकै छन् सबै विदेश, भएकै छन् धनी
पुगेकै छ लाउँन खान,के चाहियो त अनि ?
कोही रुन्छन् डाँको छोडी, कोहीका झर्छन्र ऑँसु
बुझ्दै गर्दा रैछन् ती त, खासमा गोहीका ऑँसु
देश – विदेश भन्नु पनि, पानी पधेंरी झैं
दिउँसै रात परे जस्तै, लाग्छ अँधेरी झैं
श्रावण महिना लाग्दा खेरी, लूतो फाल्ने चलन
प्रदेश जाने जान्छन् उठि, बस्नेलाई झन् जलन
विदेश बस्दै ठिटा-ठिटी, पैसा कमाउँछन्
उता फेरि प्यासीहरु, अर्को समाउँछन्
कोही मानिसको मनै पनि, सारै कप्टी हुने
न त घरको न त घाटको, तीनै झन् झन् रुने
तिनको आत्मा पिरो हुन्छ, खुर्सानी दले झैं
कोही त ठान्छन पैसो पनि, बोटैमा फले झैं
पैसा सोहोर्न हिँड्नेहरु, बैंश गुमाउँछन्
मनै थाम्दा ठाडो घाँटी, लाउँदै रमाउँछन् ॥
०००
क्यानाडा
Subscribe
Login
0 Comments
Oldest









































