साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैसा भयो तर बैंश गयो

तिनको आत्मा पिरो हुन्छ, खुर्सानी दले झैं कोही त ठान्छन पैसो पनि, बोटैमा फले झैं पैसा सोहोर्न हिँड्नेहरु, बैंश गुमाउँछन् मनै थाम्दा ठाडो घाँटी, लाउँदै रमाउँछन् ॥

Nepal Telecom ad

भोज अर्याल :

गएकै छन् सबै विदेश, भएकै छन् धनी
पुगेकै छ लाउँन खान,के चाहियो त अनि ?
कोही रुन्छन् डाँको छोडी, कोहीका झर्छन्र ऑँसु
बुझ्दै गर्दा रैछन् ती त, खासमा गोहीका ऑँसु

देश – विदेश भन्नु पनि, पानी पधेंरी झैं
दिउँसै रात परे जस्तै, लाग्छ अँधेरी झैं
श्रावण महिना लाग्दा खेरी, लूतो फाल्ने चलन
प्रदेश जाने जान्छन् उठि, बस्नेलाई झन् जलन

विदेश बस्दै ठिटा-ठिटी, पैसा कमाउँछन्
उता फेरि प्यासीहरु, अर्को समाउँछन्
कोही मानिसको मनै पनि, सारै कप्टी हुने
न त घरको न त घाटको, तीनै झन् झन् रुने

तिनको आत्मा पिरो हुन्छ, खुर्सानी दले झैं
कोही त ठान्छन पैसो पनि, बोटैमा फले झैं
पैसा सोहोर्न हिँड्नेहरु, बैंश गुमाउँछन्
मनै थाम्दा ठाडो घाँटी, लाउँदै रमाउँछन् ॥

०००
क्यानाडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x