साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पशुपतिसँग पुकार

हे प्रभु ! अरूसब हरण गरे पनि मेरो नक्कली दात चाहिँ फिर्ता गरिदेउ । अन्यथा यो उखर्माउलो महंगीमा मैले दन्तेमोहनी नलगाई कसरी गुजारा चलाउने ?

Nepal Telecom ad

शेषराज भट्टराई :

बुढेसकालमा धर्म गर्नुपर्याे भनेर पशुपतिनाथको मन्दिर गएँ । गौशालादेखि हिँड्दै जानु पर्ने रहेछ । बाँदरबाट जोगिँदै छेल्लिँदै बल्लबल्ल हिँड्दै गएँ । वर्षाको समय एकहातमा लौरो छाता एकहातमा फूलपाती घुप अक्षता अबिर केशरी र धतुरोको दाना बेलपत्र सहितको पलास्टिकको झोला काँधमा रामनामी र अर्को सानो पलास्टिकको झोलामा आफ्नो अगाडिपटिको ४ वटा पोखरामा बनाएको पाल्कीदार नक्कली दाँत थियो । यी दाँत हल्का खुराक चपाउन साथै बेलाबेलामा दन्तेमोहनी लगाउन खुब काम लाग्छ ।

पशुपतिमा निकै लामो लाइन देखेर हर्लिक्स त कहाँ पाउनु पहिले नै हरेस खानमन लाग्यो । यसो हेरेँ । भगवान पशुपतिको दर्शन गर्न नपाइ दुई हात जोडेर पुकारा गर्न नपाइ पुलिसले तानेर गइहाल भन्दो रहेछ । तेसरी त खै कसरी धर्मार्जन होला र भन्दै लाइनमा उभिएँ । हिँड्नु पर्दैन रहेछ । भक्तजनले ठेल्दै, बेल्दै, पेल्दै, घचेट्दै, अचेट्दै, पशुपतिका चारढोका चाँदिका भनेकै ठाउँमा पुर्याउँदा रहेछन् । अनि भारतीय भट्टसँग भट्टराईको आखा झट्ट जुध्यो । यत्रा जिउँदा नेपाली हुँदाहुँदै कताबाट मरेका भट्ट ल्याका होलान् यी लुते
नेताले भन्ठाने ।

मैले दिनै नपाइ भट्टले झट्ट मेरा हातबाट पलाष्टिकका झोलाहरू थुतेर आराध्यदेव पशुपतिको थाप्लामा खन्याइहाल्यो । प्रहरीले अरूले पनि हरिको दर्शन गर्नुपर्छ भन्दै मेरा खिनाउरा पाखुरामा समातेर निकालीहाल्यो । के बिधि घचारो के बिधि घुइँचो । पल्याँटी कसेर बसेर भगवान्को पूजा गरौँला भनेको अचेटेर मरौँलाकै बनाए । लट्ठी टकटक बजाउँदै बाहिर निस्किएँ । अनि एकठाउँमा बसेर पल्याँटी कसेर दुई हात जोडेर जोडदार आयु अझै लम्ब्याइदिन भलिभाँती आग्रह गरेर अब जान्छु भनेर दायाँबायाँ लाठो / लौरो छाता खोजेँ । कुन बाठोले मेराे लाठो छातो उछिट्यायो पत्तै पाइनँ । धन्न छोराको घर गौशाला नजिकै थियो र जेनतेन घर पुगेँ ।

अब हजारिया लौरो छाता हराएको छोरा बुहारीले चाल नपाउन भनेर घर टुप्लुक्क पुग्नेबित्तिकै घुप्लुक्क निदाइहालेँ । साँझमा नातिले खाना खान उठ्नु हजुरबा भन्यो । उठेर लुसुक्क पर्दै पिर्कामा टुसुक्क बसेँ । भात आयो। अप्सानी हालेर अब खाउँ भनेको त मुखमा दाँत पनि छैन । कस्तो दशा लागेर पशुपतिनाथ गएछु म आज । अगाडिको दाँत पनि फूलपातीसँगै पशुपतिनाथलाई नै पो चढाएछु । हे भगवान । केको दशा लाग्यो भने यसरी सुद्धि हराउछ ? लाठो छातो हराएको त बाठो बनेर ढाकछोप गरेँ अब दाँतै हराएपछि त आँतै मर्दो रहेछ । अब छोरा बुहारीले भोलि मलाई कस्तो सजाय दिँदाहुन् भन्दै पशुपतिको पिरको भारी बोकेर भोलिको उज्यालो पर्खिदै सुख्खा सुकुलमा फेरि सुकला भएँ ।

बुढाबुढीहरूका लागि त दिनभन्दा रात नै फलदायी किनकि अहिलेसम्म रातिमा निन्द्राबाहेक बुढाबुढीको केही हराएको छैन तर दिउसोमा ज्ञातअज्ञात हजारथोक हराउँछ । न दुनियाले बुढाबुढीलाई मन पराउँछ । हातखुट्टा आँत तेस्तै धर्मराउँछ । साँच्चै भनिदिनुस् न पशुपतिनाथले कस्तो भक्तजनको भलो गर्नुहुन्छ ? हे भगवान् ! लट्ठी त केही वर्ष नटेकौँला । छाता पनि नओढौँला । सक्कली दाँतले पनि साथ दिएन । हे प्रभु ! अरूसब हरण गरे पनि मेरो नक्कली दात चाहिँ फिर्ता गरिदेउ । अन्यथा यो उखर्माउलो महंगीमा मैले दन्तेमोहनी नलगाई कसरी गुजारा चलाउने ? हरिशरणम् !

०००
पाेले पनि घामै प्याराे…. (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
संयोजक

संयोजक

हरिशंकर परसाईं
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
0
Would love your thoughts, please comment.x
()
x