साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छन्द छानेर हान्छु

कर्णाली, गण्डकी झैँ अविरल गतिमा भाव–गङ्गा बगाई बाङ्गोटिङ्गो नदी झैँ कलकल ध्वनिमा शब्द–गोली चलाई– वाणीरूपी मट्याङ्ग्रा विकसित दरिला वाण ताकेर हान्छु सिर्जी गाना बजाना, सहज कविकला छन्द छानेर हान्छु ॥

Nepal Telecom ad

डा. बमबहादुर थापा जिताली :

चल्तीका स्रग्धरामा नियमित कविता, छन्दमा भुन्भुनाई
नेपाली राष्ट्रभाषा प्रचलित लयको गीतमा गुन्गुनाई ।
कामैले नाम राख्ने रहर छ रसिलो काव्यधारा समाई
दामैले नाम राख्ने चलन छ सजिलो लेख्छ कल्ले रमाई ?

आएजस्तो छ ताना रसिक छनकमा काव्यपारा विचित्र
छाएजस्तो तराना अधिक रहरिलो छन्द मीठो, पवित्र ।
छाँगाजस्तै झरेको प्रबल गति बग्यो छङ्छङाएर छिट्टै
मर्स्याङ्दी झैँ सुसेल्ने प्रखर लहरमा छन् व्यङ्ग्य झन् बिछट्टै ॥

आयो बेला–कुबेला विकसित गतिमा खान, लैजान सक्ने
मौका छोपी लतार्ने, लटपट नगरी, काम गर्नै नसक्ने ।
हाकाहाकी पछार्ने, विचलित नबनी भर्नुभर्छन् भकारी
गाईजात्रा सधैँको दिनहुँ छ झगडा गर्नुगर्छन् हकारी ॥

गोडा तानी नतानी सदन र धनमा सक्छ जल्ले पछार्न
आफू मात्रै हसुर्ने, गिरि उपगिरिमा अन्यलाई लछार्न–
सक्नेले नै डकार्दै छल र कपटले टाउके बन्न पाई
यस्तो चाला र माला छ मुलुकभरिमा धुन्दुकारी उदाई ॥

भन्दाभन्दै नभन्दै मुलुक सकिसके धुन्दुकारी मिलेर
हेर्दाहेर्दै भकारी, जल, थल सकियो देशलाई निलेर ।
भुत्तेका छन् खुँडा झन् चमचम खुकुरी मार हान्न नपाई
नेपाली शब्दमा छन् मृगसरि दगुरी हान्छु मैले समाई ॥

कर्णाली, गण्डकी झैँ अविरल गतिमा भाव–गङ्गा बगाई
बाङ्गोटिङ्गो नदी झैँ कलकल ध्वनिमा शब्द–गोली चलाई–
वाणीरूपी मट्याङ्ग्रा विकसित दरिला वाण ताकेर हान्छु
सिर्जी गाना बजाना, सहज कविकला छन्द छानेर हान्छु ॥

०००
रानीवन, नागार्जुन, काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
pratibha
pratibha
1 month ago

good

Nepal Telecom ad
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
राम्रो म 

राम्रो म 

डा. बमबहादुर जिताली
सृष्टिमा पार्वतीकाे दृष्टि

सृष्टिमा पार्वतीकाे दृष्टि

डा. बमबहादुर जिताली
कहाँ छन् बुद्धका आँखा ?

कहाँ छन् बुद्धका आँखा...

डा. बमबहादुर जिताली
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
चुनावी माहोल

चुनावी माहोल

डा. बमबहादुर जिताली
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
हामी बहुमत ल्याउँछाैँ

हामी बहुमत ल्याउँछाैँ

चन्द्रप्रसाद न्याैपाने
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x