साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तमासा

काँन्लामा ठुटे हलो बिसाई आएर बने अहिले कसाई । छ धुन्दुकारी जङ्गल–मासा हुँदैन हेर्न कविले तमासा ॥

Nepal Telecom ad

डा. बमबहादुर थापा जिताली :

लुटेर खान्छन् लुकेर खान्छन्‌
कुटेर लान्छन् भुटेर लान्छन् ।
ठसक्क ठस्केर बसेर हुन्न
मुसुक्क मस्केर डसे सहन्न ॥

छ चर्तिकला ढँटुवाहरूको
सातो लिए बटुवाहरूको ।
लुटुवा, ढँटुवा लुटेर खालि
भएन शान्ति चितुवा नफाली ॥

जाँदैछन् पर बिकुवा विदेश
खाँदैछन् घिचुवा झन् विशेष ।
कोही छन् भतुवा छ को हुँडार ?
खाएर खाली छ यो भँडार ॥

संघी र सालो गरेर पालो
खाए रमाए चढे उकालो ।
कवि ओरालो कति हिँड्नुपर्छ ?
बाटो रोकेमा अब गिँड्नुपर्छ ॥

काँन्लामा ठुटे हलो बिसाई
आएर बने अहिले कसाई ।
छ धुन्दुकारी जङ्गल–मासा
हुँदैन हेर्न कविले तमासा ॥

०००
रानीवन, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x