साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिय खेलाडी पेले

तर समय, समय हो एकदिन रोनाल्डोले यिनलाई नराम्रोसँग हराइदिए एम्बाकेले के झन, मामाघरै पुर्याइदिए । बिचरा पेलेका फ्यानहरु हेरेका हेरै छन् ।

Nepal Telecom ad

प्रेम वली ढकलपुरे :

कुनै बेला एक खेलाडी थे पेले
आफू खेल्दा सत्रुलाई यसरी पेले
कसैलाई बित्तामा पुराइदे
कसैलै भित्तामा पुराइदे
फेसबुकमा लेख्न पाऊँ भन्नेलाई स्वर्गमै पुराइदे
गरिखान देऊ भन्नेलाई गोलीले उडाइदे
यिनमा यति घमन्ड बढ्यो कि
जसको गोल पोस्ट भए नि बल छिराइदे ।

आफूलाई त खेलको राजै ठाने
उनका अन्धभक्त फ्यान पनि त्यस्तै
उनीहरुले पनि त्यस्तै उनलाई राजै ठाने
कप त कति थापे थापे
नगद पुरुस्कार यति थापे
जाडोमा यसैको आगो बालेर तापे ।

ओमनी कप पनि यिनैले पाए
गिरिबन्धु कप पनि यिनैले समाए
वाइड बडी ट्रफी पनि यिनैले बोके
पशुपतिलाई सय किलो सुनले पनि यिनैले ढोके ।

यिनका अन्धभक्त फ्यानहरू भन्ने गर्थे
पेले इज पेले
पेलेलाई नठेले
समयले रोनाल्डो पनि जन्माउँछ
समयले एमबाके पनि जन्माउँछ
भन्ने कुरा पेलेले जानेन
वा त्यो कुरा सोच्नु पर्छ भन्ने नै ठानेन ।
तर समय, समय हो
एकदिन रोनाल्डोले यिनलाई नराम्रोसँग हराइदिए
एम्बाकेले के झन, मामाघरै पुर्याइदिए ।
बिचरा पेलेका फ्यानहरु हेरेका हेरै छन्
सायद रोनाल्डो र एम्बाकेलाई धारे हात गरेका गरै छन् ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x