साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईंलाई पनि दाउरा चाहिन्छ ?

न बिजुली चाहिन्छ न ग्यास खोज्ने झन्जट गर्नु पर्च न बिजुलीको भ्याट तिर्नु पर्छ । हाम्रोतिर प्रसस्त दाउरा नि पाइन्छ बरु भन्नु होला तपाईंलाई पनि दाउरा चाहिन्छ ?

Nepal Telecom ad

प्रेम ओली ढकालपुरे :

डिपोमा गयो,
हजारौँ सिलिन्डरको लाइन छ।
ग्यास पसलमा गयो,
भन्छ, “भोलि पाइन्छ, पर्सि पाइन्छ।”
अचेल त साथी,
चाउचाउ केतलीमा उमालेर खाइन्छ
सरकार भन्छ,
“ग्यास नपाए यति नम्बरमा फोन गर्नु।”
तर त्यहाँ पनि फोन गर्नेहरूको लामै लाइन छ।
छोराले “भात, भात” भनेपछि
एकदिन सरकारले दिएको नम्बर डायल गरियो।
नभन्दै, ग्यास त हेलिकप्टरबाट घरमै आयो
धेरै दिनपछि छोराले टन्न दालभात खायो
बल्ल जनताले भनेजस्तो सरकार पायो
खुसीले गदगगद हुँदै थिएँ,
कोही आएर कानमा “भात !” भनेर करायो
ओहो ! कस्तो मिठो सपना ! शीतझैँ हरायो
जे भए पनि,
छोराले सपनामै भए पनि दालभात त खायो।
आज त कसो नपाइएला भनेर
फेरि सिलिन्डर बोकेर डिपो धायो
आज पनि,
“भोलि आउनु होला” भन्ने आदेश आयो।
अब त वनतिर गइन्छ
टन्न दाउरा बोकेर ल्याइन्छ
मस्त दालभात पकाएर खाइन्छ
न ग्यास चाहिन्छ,
न बिजुली चाहिन्छ
न ग्यास खोज्ने झन्जट गर्नु पर्च
न बिजुलीको भ्याट तिर्नु पर्छ ।
हाम्रोतिर प्रसस्त दाउरा नि पाइन्छ
बरु भन्नु होला तपाईंलाई पनि दाउरा चाहिन्छ ?

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x