साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकार

चुनाव अघि मतदातालाई डस्नामा सुतायो चुनाव जितेपछि डस्ना खोसेर थाङ्नामा सुतायो यस्ता नाथे सरकार हुनु भन्दा नहुनु ठीक छ हेरम अब कति वर्ष यसरी यो सरकार टिक्छ ।

Nepal Telecom ad

प्रेम ओली ढकलपुरे :

न केही गर्न दिन्छ
न राम्रोसँग बाचेर मर्न दिन्छ
खुरु खुरु सबै हरियो घाँस आफै खान्छ
न भेडा बनेर चर्न दिन्छ ।

न मल दिन्छ न बिउ दिन्छ
जनतालाई निचाेरी निचाेरी घ्यू लिन्छ
तरकारी खेती गर भन्छ भाउ दिँदैन
भैंसी पालन गर भन्छ ठाउँ दिँदैन
न काम गर्छ न केही गराउँछ
बजेट दिँदैन खाली यो गर त्यो गर भनी अह्राउँछ
छोरी जन्माउ भन्छ माउ दिँदैन
छोरा जन्माउ भन्छ बाउ दिँदैन ।

सरकारलाई जे पनि गर्न मिल्ने
जे भने पनि हुने छुटै छुट छ
व्यवशाय नचलेर जनता रुँदै
नेतालाई जता नि लुटै लुट छ ।

गजब कुरो त यसले
कसैले सुझाव लेख्यो भने देख्दैन
कसैले सल्लाह दियो सुन्दैन
गाली गर्यो भने सुन्छ
गाली गर्नेलाई ऐन कानुन बनाउँदै थुन्छ
त्रिभुवन बन्न खोजेको हो जङ्गबहादुर बन्न खोजेको हो
उभो जानु पर्नेले किन उधो जाने बाटो रोजेको हो ?
अब चुनाव हुँदैन भन्ने लगेको छ कि चुनाव नगराउने सुरमा छ
सरकारले आफूलाई लोकप्रिय ठानेको होला तर अवस्था झुरमा छ
चुनाव अघि मतदातालाई डस्नामा सुतायो
चुनाव जितेपछि डस्ना खोसेर थाङ्नामा सुतायो
यस्ता नाथे सरकार हुनु भन्दा नहुनु ठीक छ
हेरम अब कति वर्ष यसरी यो सरकार टिक्छ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
एउटा मच्छेर

एउटा मच्छेर

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x