प्रेम ओली ढकलपुरेजमाना एआईको
मान्छे मान्छेकोे भेट नभएपछि मान्छेले बच्चा पनि कसरी पाउला ? चिन्ताको कुरो यो सृष्टि नै ठप्प हुने भएपछि यो सृष्टि धान्न को आउला ? कि यो काम पनि मान्छेले एआईलाई नै गराउला ?

प्रेम ओली ढकलपुरे :
क्या जमाना आयो अब एआईको
गयो जमाना हामी तपाइँको
मास्टर पनि यही बन्छ
डाक्टर पनि यही बन्छ
नातिको गृहकार्य
ट्युसन टिचरले भन्दा राम्रो यै भन्छ ।
तपाइँको पेट दुख्यो ?
के औषधी खाने यसैले भन्छ
तपाइँलाई कम्जोरी भयो ?
तपाइँको बैद्य पनि यही बन्छ
अब त तपाइँको शल्यकृया पनि यसैले गर्ने रे
चन्द्रलोक मात्र हैन ईन्द्रलोक खोजी पनि यसैले गर्ने रे ।
तपाइँलाई गर्लफ्रेन्ड चाहियो ?
कसरी पट्ट्याउने यसैले बताइदिन्छ
तपाइँले पट्ट्याउन सक्नुहुन्न ?
अब यसैले पट्ट्याइ दिन्छ ।
तपाइँलाई बसको टिकट चाहियो कि प्लेनको
अब यसैले काटी दिन्छ
भारू चाहियो कि डलर ? यसैले साटिदिन्छ ।
अब युद्ध पनि यसैले गर्ने रे ! सेनाको के काम ?
खेत पनि यसैले खन्ने रे ! बारी पनि यसैले जोत्ने रे !
मान्छे त बेकाम !
डा, मास्टर, इन्जिनियर एआई भएपछि
अब नातिनीले पनि पढ्नु परेन
छोरा छोरीले पढ्न नपरे परेपछि
बाआमालाई पनि गृहकार्य गर भनेर लड्नु परेन ।
अब त यस्तो दिन आउला
हजुर बा खैत ? एआईसित
अनि हजुर आमा नि ? एआईसित
नाति कता गयो ? एआईसित
अनि बुहारी नि ? एआईसित ?
सबै मान्छे घरमै छन् तर भेट कसैको हुँदैन
स्कूल जानु छैन जागिर खानु छैन लेट हुँदैन ।
घरमा भेटघाट नै नभएपछि
नाति कत्रो भयो बाजेलाई के थाह ?
बाजे मरे कि जिउँदै छन् नातिलाई के थाह ?
मान्छे मान्छेकोे भेट नभएपछि
मान्छेले बच्चा पनि कसरी पाउला ?
चिन्ताको कुरो
यो सृष्टि नै ठप्प हुने भएपछि
यो सृष्टि धान्न को आउला ?
कि यो काम पनि मान्छेले
एआईलाई नै गराउला ?
०००
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest


































