साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘एक कान दुइ कान मैदान’ = भाइरल

यो ‘एक कान दुइ कान मैदान’ भाइरल सब्दको जेठो दाजु हो भने ‘भित्ताको पनि कान हुन्छ’ भन्ने आहान वा उखान भाइरल शब्दको माइला दाजु हुन्।

Nepal Telecom ad

कृष्ण प्रधान :

छातीमा मुट्ठी बजार्दै भन्न मन लाग्छ ‘एक कान दुइ कान मैदान’ नेरासी भाषाको प्रचलित उखान हो। ‘एक कान दुइ कान मैदान’को अर्थ केलाउँदा यस्तो देखिन्छ- ‘कुनै गोप्य कुरा वा समाचार एक कानबाट अक्तो कानमा पुग्दै छिटै धेरै मानिसहरूमाझ वा सबैतिर फैलिने’। अझ स्पष्ट भन्नु हो भने, गोप्य कुरा सार्वजनिक हुनु. छिटछिटो प्रचार हुनु। कुनै पनि विशेष कुरा आगो झैँ फैलिने अवस्थामा नै यो ‘एक कान दुइ कान मैदान’ भन्ने उखान प्रयाग गर्ने गरिन्छ। गोप्य कुरा अफवाहकै रुपमा व्यापक प्रसार हुनु नै ‘एक कान दुइ कान मैदान’ उखानको करामति हो भन्ने मेरो दावी छ। फेरि हामी ‘भित्ताको पनि कान हुन्छ’ भन्ने गर्दछौं। यसैकारण केही बोल्दा वा कनै गोप्य कुरा गर्दा वा कसैको खोइरो खन्दा ‘यताइति हेरेर बोल है भित्का पनि कान हुन्छ’ भन्छौं हामी।

अहिले यसो घोत्लिँदा उबेला हाम्रा पिता-पूर्खाहरूले मौखिक रुपमै भए पनि आरम्भ गरेका ‘एक कान दुइ कान मैदान’ वा ‘भित्ताको पनि कान हुन्छ’ भन्ने उखान नै ‘भाइरल (VIRAL)’ भएर समाजिक सञ्जालको बुइँ चढ़ी संसारमै ढलिमली गरिरहेको छ।

‘भाइरल (VIRAL)’ शब्दलाई ता उहिल्यै हाम्रा पिता-पूर्खाले ‘‘एक कान दुइ कान मैदान’’ वा ‘भित्ताको पनि कान हुन्छ’ भनिसकेर यो उखानलाई ‘भाइरल (VIRAL)’ बनाएका रहेछन्। हो उबेला हाम्रा पितापूर्खासित अहिले जस्तो सामाजिक सञ्जाल थिएन। न ता थियो, कुनै भिडियो गर्ने, फोटो क्लिक गर्ने कुनै साधन नै। तर मौखिक रुपमै भए पनि यही ‘एक कान दुइ कान मैदान’ वा ‘भित्ताको पनि कान हुन्छ’ भन्ने उखान नै वर्तमान सामाजिक सञ्चाल मा ‘भाइरल’ भएर रँड़ाको मच्चाइरहेछ।

‘एक कान दुइ कान मैदान’ वा ‘भित्ताको पनि कान हुन्छ’ भनिने उखानले जसरी एउटा विषयलाई रातोरात मान्छेलाई प्रख्यताको चुलीमा पुऱ्याउँछ भने रातोरात बदनाम पनि। कति शक्ति शाली यो ‘VIRAL’ अङ्ग्रेजी शब्द ल्याटिन भाषाको VIRUS’ बाट आएको हो। प्राचीन समयमा VIRUS’ शब्दले विषालु तरल पदार्थ वा हानिकारक तत्त्व भन्ने अर्थमा प्रयोग गरिन्थ्यो भन्ने भनाइ देखिन्छ।

ल्याटिन भाषाबाट बामे सर्दै २४ औं शताब्दीमा अङ्ग्रेजी भाषामा बसाइँ सरेको यो ‘भाइरल (VIRAL)’ शब्दले आधुनिक अर्थमा निक्कै धलिमलि गर्न थाल्यो। १९ औं शताब्दिको पुछारतिर सूक्ष्म जीवनको खोजसँदै सङ्क्रामक जीवनका रुपमा बुझ्न थालियो। विसेक नहुने रोगलाई भाइरल सङ्क्रमक वा भाइरल फिभर नाउँले उच्चारण गर्न थालियो।

यसरी ‘भाइरल’ शब्दले चिकित्साविज्ज्ञानकै कुरा फलाके पनि १९९० को दशकमा इण्टरनेटसे विकासको पखेटा फैलाउनु थालेदेखि ‘भाइरल’ शब्दले सञ्जालको डिलमा उभिएर संसारैलाई मुट्ठीमा पारन् थाल्यो। हट-मेल र ईमेलले मिँच्न थालेपछि भाइरल मार्केटिङ, भाइरल कण्टण्ट, भाइरल मिमले बजार पिट्यो। सन् २००५ मा यूट्यूबको देखा पऱ्यो सामाजिक सञ्जलमा। यही यूट्यूबमा बुइँ चढ़ेर भाइरल शब्दले संसारभरिकै जनजीवनमा आफ्नो मुट्ठीमा राख्न सफल भयो। सन् २०१० टिकटक, इन्स्टाग्राम र फेसबुकले भाइरल हुने गल्ली गलछिँड़ा नाँघेर संसारभरिनै राँटो लायो। अनि यसमा सबै पागल बने, मक्ख र पक्क परे।

साँच्चै हो पनि अचेल भाइरल हुन बड़े बड़े नामुद्दार मिडिय को आवश्यक छैन मात्रै मुट्ठीभरि अँट्ने मोबाइल नै काफी छ।

विश्वभरिका नेपालीहरूको जिब्रामै झुण्डिएको भाइरल शब्दले नेपाली शब्दकोशहरूमा ठाउँ पाएको देखिँदैन। तर सन्तोक मान्नुपर्ने कुरा के छ भने, भाइरल शब्दले नेपाली शब्दकोशमा ठाउँ नपाए पनि यो भाइरल शब्द ससारभरिकै मानिसहरूका जिब्रा जिब्रामा झुण्डिएको पाइन्छ। यो रोगले मलाई पनि छोड़ेको छैन।

जसले जेसुकै भनुन् तर म ता भन्छ यो भाइरल हुने परम्परा हाम्रा पूर्खाहरूले उहिलेदेखि नै आरम्भ गरेका हुन्। उदाहरण स्प,ठै छ ‘एक कान दुइ कान मैदान’ वा ‘भित्ताको पनि कान हुन्छ’। हामीले मौखिक रुपमा चल्तीमा आएका कुराहरू उदहरणस्वरुप राख्नु पर्दा उहिले नै चस्तो भनिन्थ्यो भनी कुरा भन्छौं। हजारौं वर्ष अघि हाम्रा बाजे बराज्यूहरूले आफूले भोगेका देखेका वा अनुभव गरेका कुराहरूलाई नै उदाहरणस्वरुप प्रस्तुत गर्नु पर्दा यिनै आहान र उखानको सहारा लेका हुनन्।

‘एक कान दुइ कान मैदान’ आजको भाइरलके जेठो दाजु हो भने संसारले जानेका, दोहोऱ्याएका यो भाइरल शब्द नै ‘एक कान दुइ कान मैदान’कै सन्तान हो भन्ने मेरो दाबी छ। अनि म ता अरु पनि के भन्छु भने, यो ‘एक कान दुइ कान मैदान’ भाइरल सब्दको जेठो दाजु हो भने ‘भित्ताको पनि कान हुन्छ’ भन्ने आहान वा उखान भाइरल शब्दको माइला दाजु हुन्। अनि अहिले वर्तमानमा निक्कै प्रचलित यो ‘भाइरल’ शब्द चाहि ‘एक कान दुइ कान मैदान’ वा ‘भित्ताको पनि कान हुन्छ’ कान्छे भाइ।

स्वीकार्नुहोस् नस्वीकार्नुहोस् त म चाहिँ मेरो कुखुरे छातीमा मुट्ठी बजारेर यति चैँ भन्छु भन्छु – एक कान दुइ कान मैदान’ = भाइरल ।।

०००
सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x