साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुसेली साहित्यिक परिवारकाे पुरस्कार अर्पण तथा काव्यगोष्ठी

सुसेलीका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता तथा प्रसिद्ध साहित्यकार, कवि, सहप्राध्यापक होम सुवेदीकाे प्रमुख आतिथ्य, रहेकाे थियाे ।

Nepal Telecom ad

झापा । सुसेली साहित्यिक परिवारको आयोजनामा काँकरभिट्टा खानेपानीको सभाकक्षमा आयोजित काव्यगोष्ठी तथा पुरस्कार अर्पण कार्यक्रम सम्पन्न भयाे ।

सुसेलीका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता, प्रसिद्ध साहित्यकार, कवि, सहप्राध्यापक होम सुवेदीज्यूको प्रमुख आतिथ्य, अक्षयकोषदाता पार्वती खरेल, वरिष्ठ पत्रकार चन्द्र भण्डारी, प्रलेस कोशी प्रदेश अध्यक्ष विन्दु दाहाल, प्रा.डा.गङ्गाप्रसाद अधिकारी, साहित्यकार तेराख प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेल, लेखनाथ पुस्तकालयका अध्यक्ष नवराज घिमिरे, प्रअ दुर्गाबहादुर लुईंटेल, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी, काँकरभिट्टा क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक वीरेन्द्र कोइरालासमेतलाई विशिष्ट आतिथ्य गराएर कार्यक्रम सुरु भएकाे थियो ।

सुसेली सदस्य सुभद्रा भट्टराईले सञ्चालन तथा कोषाध्यक्ष भूवन सुब्बाले स्वागत गर्नुभएको यस कार्यक्रममा कविहरु होम सुवेदी, गङ्गाप्रसाद अधिकारी, देशु सुब्बा, कृष्णप्रकाश सुमार्गी, लीना भण्डारी, तुलसीप्रसाद भट्टराई, हरिप्रसाद नेउपाने, दुर्गाप्रसाद सिग्देल, जयप्रसाद आचार्य, मदन अधिकारी, चूडामणि वशिष्ठ, विशाल कँडेलले कविता सुनाउनु भयो भने अर्जुन लम्साल तथा गङ्गा ओडारीले मिठा गीत सुनाउनु भयो ।

कार्यक्रममा रु २१,००० राशिको विजय–पार्वती खरेल साहित्य पुरस्कार झर्रो नेपालीमा हास्यव्यङ्ग्य लेख्नुहुने प्रसिद्ध साहित्यकार सहप्राध्यापक चूडामणि वशिष्ठलाई, रु १५,००० राशिको डा.मुकेशकुमार–जनककुमारी चालिसे विज्ञान पुरस्कार तरकारी, फलफूल खेतीमा वैज्ञानिकता ल्याउने, अरुलाई सिकाउने, गाउँवरपर समूह बनाई ऋतु–बेऋतु सब्जी तरकारी खेती गर्न सिकाउने, विषादी रहित जैविक खेती गर्न प्रेरित गर्ने व्यक्ति धनबहादुर श्रेष्ठलाई र रु ११,००० राशिको सुसेली प्रतिभा पुरस्कार सुसेलीका गोष्ठीमा पनि सहभागी हुँदै कविता तथा गजलका उदीयमान प्रतिभा विशाल कँडेललाई प्रमुख अतिथि लगायतमार्फत् प्रदान गरियो ।

यसपछि शिवकुमार पौडेल, विन्दु दाहाल, धनबहादुर श्रेष्ठ, चूडामणि वशिष्ठ, चन्द्र भण्डारी, प्रमुख अतिथि होम सुवेदीबाट शुभकामना, बधाई मन्तव्य व्यक्त भए । अक्षयकोष दाता दीपा खरेलबाट धन्यवाद ज्ञापन भयो ।

त्यसपछि कार्यक्रमका अध्यक्षले आफ्नो छोटो भनाइसहित कार्यक्रम सफल पार्न सघाउ पुर्याउने सबैप्रति कृतज्ञता प्रकट गर्दै कार्यक्रम समापन गर्नुभयो ।

उपर्युक्त व्यक्तिहरुका अतिरिक्त कार्यक्रममा कनक कार्की, परशुराम तिमसिना, ज्ञानेन्द्र ढुङ्गाना, दमयन्ती गिरी, साहित्यकार तेराख प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडा, नरेन्द्रप्रकाश सिटौला, सरस्वती सिटौला, मिना कटुवाल, जयन्ती खरेल, परिवर्तन थिएटरकी अध्यक्ष कविता नेपाल पोर्तेल, केशव आचार्य, केशरा आचार्य, निरोज आचार्य, कमला उप्रेती, डालिका खरेल, हेमराज दाहाल, साईराज दाहाल, रामप्रसाद दाहाल, भूमि भेटवाल, कमला प्रसाईं, अनु कटुवाललगायत पचासभन्दा बढी व्यक्तिहरुको उपस्थिति रहेको रहेकाे थियाे ।

०००
पुण्यप्रसाद खरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
होम सुवेदी
होम सुवेदी
1 month ago

धन्यवाद फित्कौली ।

Dr.Bhim Khatiwada
Dr.Bhim Khatiwada
1 month ago

सुन्दर सृजनसभा, अहा!

Nepal Telecom ad
2
0
Would love your thoughts, please comment.x
()
x