साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समस्त मातृशक्तिमा

बसूँ म मातृ साथमा छुँदैन कष्टले कहीँ । अनन्त सौख्यको नदी बहन्छ साथले जहीँ ॥ खपेर कष्टको झरी हँसाउने छ चाहना । समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

अनन्त प्रेम पाउँदा उठेँ बनेर मानव ।
पुजूँ समस्त मातृ‌मा विशिष्ट बन्छ यो भव ।।
गला कला सिकाउँछिन् भरेर दिव्य चिन्तन ।
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।०१।।

लिएर साथ प्रेमको उठाउँछिन् विचारमा ।
दिँदैन जान चेतले कुमार्ग वा विकारमा ।।
उचाल्दछिन् उँभो सधैँ गरेर कष्ट सामना।
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।०२।।

रहून् स्वयम् बिहालमा रहन्न कष्ट चेतमा।
रमेर पुत्र उठ्दछन् बहन्छ सौख्य ओठमा ।।
रमून् जहान गेहका भनी गरेर साधना ।
समस्त मातृशक्तिमा हजार लाख वन्दना ॥०३॥

कुकर्मको कुबासना रहन्न कत्ति चेतमा ।
टिपे टपक्क मातृ‌को विचार उठ्छ प्रेममा ।।
डरेर नित्य भाग्दछन् कुचाल दुष्ट भावना ।
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।०४॥

बसूँ म मातृ साथमा छुँदैन कष्टले कहीँ ।
अनन्त सौख्यको नदी बहन्छ साथले जहीँ ॥
खपेर कष्टको झरी हँसाउने छ चाहना ।
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।०५।।

०००
सुम्बेक इलाम-२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x