साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समस्त मातृशक्तिमा

बसूँ म मातृ साथमा छुँदैन कष्टले कहीँ । अनन्त सौख्यको नदी बहन्छ साथले जहीँ ॥ खपेर कष्टको झरी हँसाउने छ चाहना । समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

अनन्त प्रेम पाउँदा उठेँ बनेर मानव ।
पुजूँ समस्त मातृ‌मा विशिष्ट बन्छ यो भव ।।
गला कला सिकाउँछिन् भरेर दिव्य चिन्तन ।
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।०१।।

लिएर साथ प्रेमको उठाउँछिन् विचारमा ।
दिँदैन जान चेतले कुमार्ग वा विकारमा ।।
उचाल्दछिन् उँभो सधैँ गरेर कष्ट सामना।
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।०२।।

रहून् स्वयम् बिहालमा रहन्न कष्ट चेतमा।
रमेर पुत्र उठ्दछन् बहन्छ सौख्य ओठमा ।।
रमून् जहान गेहका भनी गरेर साधना ।
समस्त मातृशक्तिमा हजार लाख वन्दना ॥०३॥

कुकर्मको कुबासना रहन्न कत्ति चेतमा ।
टिपे टपक्क मातृ‌को विचार उठ्छ प्रेममा ।।
डरेर नित्य भाग्दछन् कुचाल दुष्ट भावना ।
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।०४॥

बसूँ म मातृ साथमा छुँदैन कष्टले कहीँ ।
अनन्त सौख्यको नदी बहन्छ साथले जहीँ ॥
खपेर कष्टको झरी हँसाउने छ चाहना ।
समस्त मातृशक्तिमा हजार लाख वन्दना ।।०५।।

०००
सुम्बेक इलाम-२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अब आसिकले परिपूर्ण भयौँ

अब आसिकले परिपूर्ण भयौँ

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
अब आसिकले परिपूर्ण भयौँ

अब आसिकले परिपूर्ण भयौँ

दीनानाथ पाेखरेल
सधैँ ज्येष्ठसाथ !

सधैँ ज्येष्ठसाथ !

कविराज घिमिरे
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

बिन्दु दहाल ‘मूकदर्शक’
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

चेवनचन्द्र बस्नेत
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x