बिन्दु दहाल ‘मूकदर्शक’दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ
यिनै ज्ञान विज्ञानमा पोख्त हुन्छन् हियामा भएको खिया शीघ्र धुन्छ्न् बुझौँ भोक तिर्खा छ के दर्द घात दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ
बिन्दु मूकदर्शक :
छहारी सधैँ ज्येष्ठको हुन्छ राम्रो
सबै शुभ्र पार्छन् भएको नराम्रो
रमाऔँ खुसीले झुकाएर माथ
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।
भएका सबै दु:ख पीडा भुलेर
फुलेका सयौँ पुष्प हेरी डुलेर
बितोस् जिन्दगानी नहोस् यो अनाथ
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठ साथ ।
सुधी ज्येष्ठलाई गरौँ मान राम्रो
यसैमा छ सम्पूर्ण कल्याण हाम्रो
सधैँ हर्ष मानी गरौँ मिष्ट बात
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।
झुकी मान सम्मानको भाउ लाऔँ
खुवाएर ती ज्येष्ठलाई र खाऔँ
पुगुन् माथमा ज्येष्ठका दिव्य हात
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।
यिनै ज्ञान विज्ञानमा पोख्त हुन्छन्
हियामा भएको खिया शीघ्र धुन्छ्न्
बुझौँ भोक तिर्खा छ के दर्द घात
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ
०००
दमक, झापा








































अत्यन्त मिठो कविता गुरु!