साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुझ्न बाँकी छ धेरै

भैँसी कुद्छन् तनभरि जतै खोज्छु जुम्रा अरूका लाई मैले मलमल सधैँ भन्छु झुम्रा अरूका मैले मेरै प्रगतिपथको रोक आफैँ लगाएँ व्यर्थै रोई तरल नुनिला अश्रुधारा बगाएँ ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

बुझ्दा बुझ्दै समय सकियो बुझ्न बाँकी छ धेरै
दौडेँ अन्तै तर हृदय यो बुझ्न बाँकी छ मेरै
धोई मैलो कलुषित हियो स्वच्छ पार्नै भुलेँछु
खाई हावा समय नबुझी खालि अन्तै डुलेँछु ।

मेरो आत्मा मुदित नहुँदा देह मेरै गनायो
यो बानीले अधम मतिको तुच्छ जाली बनायो
तैँले तेरै हृदय बुझिनस् भन्छ आत्मा मलाई
मेरो आफ्नै नजिक छ चिता हाँस्छ आफैँ लजाई ।

आफैँलाई पनि नबुझिने जिन्दगी नीर जस्तो
घोच्दै हिँड्ने वरपर जतै जिन्दगी तीर जस्तो
जाने बेला अब छ नजिकै गर्न बाँकी छ धेरै
दौडेँ अन्तै तर हृदय यो बुझ्न बाँकी छ मेरै ।

भैँसी कुद्छन् तनभरि जतै खोज्छु जुम्रा अरूका
लाई मैले मलमल सधैँ भन्छु झुम्रा अरूका
मैले मेरै प्रगतिपथको रोक आफैँ लगाएँ
व्यर्थै रोई तरल नुनिला अश्रुधारा बगाएँ ।

कोही भन्छन् मरणपछिको मार्ग के सोच्नु पर्छ
कोही भन्छन् समय रहँदै बेसरी कोच्नु पर्छ
गर्ने के हो अलमल भएँ मार्गमेसो हरायो
आफैँलाई नबुझिकननै छेउमै काल आयो ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x