साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देखिन्छ चाल ढर्रा

हाम्री वसुन्धराको सौभाग्य हेर्नु पर्छ नेता उदेक लाग्ने सम्पूर्ण फेर्नुपर्छ छानो चुहिन्छ हाम्रो सारा मिलेर टालौँ वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

पार्टीहरू असाध्यै चर्का बनेर आए
विश्वास क्षीण पार्ने नारा उराल्न लाए
आधार छैन केही आशा खुसी नपालौँ
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ ।

नेपाल ध्वस्त पार्ने देखिन्छ चाल ढर्रा
गालीगलौच गर्छन् बोल्छन् असभ्य टर्रा
संस्कार भेषभूषा त्याग्नेहरू नियालौँ
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ ।

कोही अमेरिकाको ती नाइके गनिन्छन्
हुन् भारतीयपन्थी कोही यसै चिनिन्छन्
के हो रहस्य आफैँ सम्झेर पाउ चालौँ
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौं ।

यो देश स्वर्गजस्तै पार्छौँ भनेर ढाँट्छन्
पैसा र मासु रक्सी खाऊ भनेर बाँड्छ्न्
आऊ मिलेर त्यस्ता पाजी चिनेर ढालौँ
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ ।

हाम्री वसुन्धराको सौभाग्य हेर्नु पर्छ
नेता उदेक लाग्ने सम्पूर्ण फेर्नुपर्छ
छानो चुहिन्छ हाम्रो सारा मिलेर टालौँ
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ ।

०००
दमक ८, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
राखून् सद्भाव पाका परिजनबिचमा

राखून् सद्भाव पाका परिजनबिचमा

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x