साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मातापिता निधि दुई

कोही कुनै तरहले नबनुन् पराई पीडा खपेर घरमा नबसुन् डराई । हुन् तीर्थझै घरहरू सुखशान्ति आउन् मातापिता निधि दुई घरमै रमाउन् ।।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

आमा रहस्यमय छिन सब सृष्टि गर्ने
बाबा धराभरि सधैं रजबीज छर्ने ।
आमाबुबा युगलले घरती सजाउन्
मातापिता निधि दुई घरमै रमाउन् ||१||

आमा विशाल नभ हुन् सबकी छहारी
बाबा सुदर्शन धरा वसुधा विहारी ।
हाम्रो धरा पवित होस् सुखले भराउन्
मातापिता निधि दुई घरमै रमाउन् ॥२॥

सर्वोच्च छन् हृदयले मनकामनाले
माधुर्यले विनयले कृत सम्झनाले ।
धर्ती समुन्नत सधैं मनले गराउन्
मातापिता निधि दुई घरमै रमाउन् ॥३॥

सम्मान पाउन सकुन् घरमा मुमाले
पाउन् खुसी हरघडी गृहमा बुबाले ।
सन्तानको सयलमा मृदुभाव पाउन्
मातापिता निधि दुई घरमै रमाउन् ।॥४॥

कोही कुनै तरहले नबनुन् पराई
पीडा खपेर घरमा नबसुन् डराई ।
हुन् तीर्थझै घरहरू सुखशान्ति आउन्
मातापिता निधि दुई घरमै रमाउन् ।।५।।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x