साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मदा सिर्जना मञ्चकाे  ६० औँ प्रविधिमैत्री  कविगोष्ठी

संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि डा. बमबहादुर थापा जिताली, विशिष्ट अतिथि डा. देवी पन्थी, समीक्षक पुरुषोत्तम सिग्देल, ज्यूको गरिमामय उपस्थिति थियाे ।

Nepal Telecom ad

काठमाडाैं । कर्मदा सिर्जना मञ्च नेपाल, पाउँदीबजार लमजुङले ६० औँ प्रविधिमैत्री स्वतन्त्र विधा कविगोष्ठी भव्य किसिमले सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि डा. बमबहादुर थापा जिताली, विशिष्ट अतिथि डा. देवी पन्थी, समीक्षक पुरुषोत्तम सिग्देल, ज्यूको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भएकाे हाे ।

लमजुङको प्रवेशद्वारमा रहेको साहित्यिक संस्था संयोजन गरेको कविगोष्ठीमा छन्द, स्वच्छन्द, सुसेली, मुक्तक, चारु, लोकछन्दका कविता रोचक ढङ्गबाट कविहरूले प्रस्तुत गरे । देश भक्ति भावले भरिएका, जनचेतना मूलक तथा सामाजिक विकृति बिरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए ।

यस गरिमामय गोष्ठीमा सिर्जना वाचन गर्ने सर्जक बमबहादुर थापा जिताली (शार्दूलविक्रीडित – समृद्ध होस् देश यो), देवी पन्थी (चारु), पुरुषोत्तम सिग्देल (चारु – निर्मला), कलानिधि दाहाल (अनुष्टुप् – कुरूप हुन्न सुन्दर), गङ्गा लिगल (स्वच्छन्द – साहित्य ज्योत्स्ना), दुर्गाप्रसाद सिग्दे (शार्दूलविक्रीडित – बढ्दैन विद्या दिन), रामचन्द्र न्यौपाने वनवासी ( शार्दूलविक्रीडित – (सत्कर्मी प्रेमी हुँ), जगदीश्वर पोखरेल (शिखरिणी – बुबाका आमाका अनुभव सिकी सक्षम बनौँ), सुधा बाँस्कोटा ढकाल (पञ्चचामर – विवाह), दुष्यन्त भटराईं (स्वच्छन्द – मेरो लागि व्रत नबस), डिल्लीप्रसाद मुलतिहून (पञ्चचामर– अनेक तालका मादल ), हरिप्रसाद चौलागाईं (वसन्ततिलका – अन्तिम याममा पानी ), वासु ठकुरी (मुक्तक), कृष्णप्रसाद मिश्र (त्रिभङ्गी – मानवीय दृष्टि) वाचन गिरएका थिए ।

त्यसैगरी दुर्गा अधिकारी भमरकोटे (सुसेली), शारदा कार्की (शिखरिणी – पैत्रिक थलो), चूडा निर्भीक (चित्रलेखा – तन्नेरी), उत्तम भेटुवाल (वसन्ततिलका – सम्भावना), बिनुबाबा घिमिरे भण्डारी (वसन्ततिलका – टाढिए युवा ), द्वारिका कुइँकेल (लोकछन्द– डल्ली ), लक्ष्मीप्रसाद मिश्र (मुक्तक ), पवनकुमार बुढाथोकी (मुक्तक), सुरेशचन्द्र घिमिरे (शार्दूलविक्रीडित – रोजगार ), टेकबहादुर लौडारी (अनुष्टुप् – कर्मदा छालले), वीरबहादुर लोहनी (लोकछन्द – काठमाडौँ नेपाल ), चन्द्रा न्यौपाने ( सुसेली र चारु), जानुका थापा रायमाझी (सवाई – चिन्तन गरौँ देशको) र युवराज कोइराला (स्वच्छन्द – पर्देशी) हुनु हुन्थ्यो ।

प्रमुख अमन्त्रित जितालीले कर्मदा सिर्जना मञ्च नेपालले छन्दको उन्नयनमा योगदान गरेको छ भन्नु भयो । कर्मदालाई शुभकामना व्यक्त गर्नु भएको थियो । समीक्षक पुरुषोत्तम सिग्देलको कविताको समीक्षा गर्नु भयो । समीक्षक पुरुषोत्तम सिग्देलले वाचन गरेका सिर्जनाको सुललित किसिमले समीक्षा गर्नु भएको थियो । विशिष्ट अतिथि देवी पन्थीले कर्मदा सिर्जना मञ्च नेपालले साहित्यमा गरेको योगदानको चर्चा गर्नु भएको थियो।

अध्यक्ष जगदीश्वर पोखरेलले गोष्ठीको संयोजन गर्नु भएको थियो । संस्थाको अनुरोधलाई स्वीकार गरेर सहभागी भएर कविगोष्ठी सफल बनाई दिनु हुने सम्पूर्ण सर्जकलाई धन्यवाद दिँदै समारोह समाप्त भएको घोषणा गर्नु भएको थियो ।

०००
जगदीश्वर पाेखरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Jagadiswor Pokharel
Jagadiswor Pokharel
2 hours ago

लोकप्रिय फित्कौली डटकमले नेपाली भााषा, साहित्य, कलाको उन्नयनमा अतुलनीय योगदान पुऱ्यइरहेको छ । प्रधान सम्पादक नरनाथ लुइँटेलको योगदनलाई सम्मान गर्दछु । सामााजिक कार्यमा समर्पित हुनु भनेको चानचुने कुरा होइन छाती ठुलै चाहिन्छ । सर्जकका सिर्जना भावक सामु पुऱ्याइ दिनु हुन्छ । ओझेलमा परेका सर्जकलाई प्रकाशित गरिदिनु भएको छ । कर्मदाको साहित्यिक गतिविधि प्रकाशित गरिदिनु भयो । भावकले पढ्न पाउँछन् । फित्कौली डटकम परिवारमा कर्दाम सिर्जना मञ्चल नेपाल पाउँदीबजार , लमजुङ हार्दिक आभार ज्ञापन गर्दछ ।

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x