साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छन्दोबद्ध ठाेक्तक

कुर्सीहुँदो देख्दछु गोरु राँगो तुर्क्याउँदै हिँड्दछ छुद्र डाँगो न पर्छ केही दुखकष्ट गर्न आफैँ त्यसै ढल्दछ जीर्ण खाँबो ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

खसी र ब्वाँसा पनि मित्र हुन्छन्
भागा गुनामा घरभित्र हुन्छ्न्
पर्छौँ सुनेमा सब छक्क छ्क्क
बुझ्दै छु सम्बन्ध विचित्र हुन्छन् ।
१

फोरेर ढोका अनि दिन्छ ताला
बत्ती निभाएपछि दिन्छ पाला
सबै छ उल्टो विधिको विधान
काटेर घाँटी अनि दिन्छ माला ।
२

काटेर नाडी अनि दिन्छ बाला
रोपेर छाती अनि दिन्छ भाला
छ नीति बेग्लै परिवेश बेग्लै
मारी मलाई अनि चाट्छ गाला ।
३

बत्ती निभाई अनि पढ् तँ भन्छ
बाँधेर खुट्टा अघि बढ् तँ भन्छ
निरीहलाई कति हेप्छ साले
खोसी सबै अस्त्र लु लड् तँ भन्छ ।
४

कुर्सीहुँदो देख्दछु गोरु राँगो
तुर्क्याउँदै हिँड्दछ छुद्र डाँगो
न पर्छ केही दुखकष्ट गर्न
आफैँ त्यसै ढल्दछ जीर्ण खाँबो ।
५

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
दुई ठोक्तक

दुई ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

सीताराम नेपाल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x