साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छन्दोबद्ध ठाेक्तक

कुर्सीहुँदो देख्दछु गोरु राँगो तुर्क्याउँदै हिँड्दछ छुद्र डाँगो न पर्छ केही दुखकष्ट गर्न आफैँ त्यसै ढल्दछ जीर्ण खाँबो ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

खसी र ब्वाँसा पनि मित्र हुन्छन्
भागा गुनामा घरभित्र हुन्छ्न्
पर्छौँ सुनेमा सब छक्क छ्क्क
बुझ्दै छु सम्बन्ध विचित्र हुन्छन् ।

फोरेर ढोका अनि दिन्छ ताला
बत्ती निभाएपछि दिन्छ पाला
सबै छ उल्टो विधिको विधान
काटेर घाँटी अनि दिन्छ माला ।

काटेर नाडी अनि दिन्छ बाला
रोपेर छाती अनि दिन्छ भाला
छ नीति बेग्लै परिवेश बेग्लै
मारी मलाई अनि चाट्छ गाला ।

बत्ती निभाई अनि पढ् तँ भन्छ
बाँधेर खुट्टा अघि बढ् तँ भन्छ
निरीहलाई कति हेप्छ साले
खोसी सबै अस्त्र लु लड् तँ भन्छ ।

कुर्सीहुँदो देख्दछु गोरु राँगो
तुर्क्याउँदै हिँड्दछ छुद्र डाँगो
न पर्छ केही दुखकष्ट गर्न
आफैँ त्यसै ढल्दछ जीर्ण खाँबो ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
देखिन्छ चाल ढर्रा

देखिन्छ चाल ढर्रा

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x