साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धमा खुसी फुलोस्

सिर्र सिर्र वायुले हियार शान्त पार्दछ प्रीतका विहारले प्रगाढ प्रेम सार्दछ याम यो वसन्तको बहार सौम्य पाउँदा वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

छन् अनेक रङ्गिला सुपुष्प कुञ्ज बागमा
माहुरी र भृङ्ग मस्त छन् सबै परागमा
दृश्य रम्य छन् सबै वसन्तले फुलाउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।।

वृक्ष टम्म छन् खुदै वसन्त दिव्य छाउँदा
सन्त साधु मक्ख छन् गुराँस हेर्न पाउँदा
देश रम्य देखियो वसन्त गाउँ आउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।।

छन् विचित्र सिर्जना तमामका छटाहरू
पूर्ण हुन् सबै कुरा हियारका अरू अरू
को खुसी हुँदैन यो वसन्त हेर्न पाउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।।

आजभोलि देशको मधेसमा हिमालमा
छन् सबै विमुग्ध ती मनुष्य नादचालमा
कामधेनु यो वसन्तले सुधा बगाउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।।

सिर्र सिर्र वायुले हियार शान्त पार्दछ
प्रीतका विहारले प्रगाढ प्रेम सार्दछ
याम यो वसन्तको बहार सौम्य पाउँदा
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x