साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छलकपट

उनले सुशान्तको आँखामा हेर्दै विस्तारै भनिन्, "मैले त जिस्केको मात्रै, तिमी त साँच्चै डरायौ ?"

Nepal Telecom ad

नन्दलाल आचार्य :

​सुनसान रातको निस्तब्धता चिर्दै फोनको घण्टी बज्यो । सुशान्तले कामुक हातले फोन उठाए । अपरिचित नम्बरबाट एउटा तस्बिर आयो- उनकै श्रीमती अर्कै पुरुषको हात समातेर कफी शपमा हाँसिरहेकी । उनको सातो गयो । मुटुको धड्कन यसरी बढ्यो कि मानौँ छाती नै फुटेर निस्कन्छ ।

उनले तुरुन्तै कपडा लगाए, गाडीको साँचो समाते र त्यो कफी शपतिर हुँइर्किए । दिमागमा बदलाको आगो बलिरहेको थियो । “कसरी उनले मलाई यत्रो धोका दिन सकिन् ?” क्रोधले विवेक अन्धो भएको थियो । उनले बाटोभरि डिभोर्स र प्रतिशोधका शब्दहरू बुने ।

​उनी कफी शपको ढोकामा पुगेर भित्र झम्टिए । तर त्यहाँ न श्रीमती थिइन्, न त त्यो पुरुष । काउन्टरमा एउटा सानो कार्ड राखिएको थियो, जसमा उनकै श्रीमतीको अक्षरमा लेखिएको थियो- “एआईको विध्वंस बिर्सेर वर्षगाँठको सरप्राइज लिन घर आउनुहोस् है !”

​उनको आक्रोश हठात् लज्जा र प्रेममा बदलियो । उनी मुस्कुराउँदै घर फर्किए । ढोका खोल्दा श्रीमती फूलको गुच्छा लिएर उभिएकी थिइन् । उनले सुशान्तको आँखामा हेर्दै विस्तारै भनिन्, “मैले त जिस्केको मात्रै, तिमी त साँच्चै डरायौ ?”
​सुशान्तले श्रीमतीलाई अङ्गालो हाल्दै मनमनै गुने- ​”प्रेममा परेकाहरूका लागि त वर्षको ३६५ दिन नै अप्रिल फूल हो, जहाँ मुटुले दिमागलाई सधैँ झुक्याइरहेको हुन्छ ।”

०००
२०८२ चैत १८ गते । अप्रिल १
गाेलबजार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x