फित्काैली डटकमदेवीभक्त श्रेष्ठको कविताकृति ‘देवीभक्तका सृजनाहरु’ काे लोकार्पण
प्रमुख अतिथि मित्रप्रसाद दाहाललगायत मञ्चमा आसिन व्यक्तिहरुबाट आजको देवीभक्त श्रेष्ठको कृति “देवीभक्तका सृजनाहरु” (कविता सङ्ग्रह)को सामुहिक रुपमा लोकार्पण गरिएकाे हाे ।
झापा । साहित्य चौतारी, विर्तामोडले आयोजना गरेको १६१ औं मोतीजयन्ती, यस संस्थाका अध्यक्ष देवीभक्त श्रेष्ठको प्रथम साहित्यिक कृति ‘देवीभक्तका सृजनाहरु’ (कविता सङ्ग्रह)को लोकार्पण कार्यक्रम सम्मापन्न भयाे ।
कार्यक्रम चौतारीका उपाध्यक्ष हिम्मत नेम्वाङको अध्यक्षता, प्रसिद्ध महाकाव्यकार मित्रप्रसाद दाहालको प्रमुख आतिथ्य, कृतिकार देवीभक्त श्रेष्ठ, चौतारीका संस्थापक संरक्षक उर्मिला विमली श्रेष्ठ, प्रा.डा.गङ्गाप्रसाद अधिकारी, पूर्व प्राज्ञसभासद सुमित्रा वाङ्देल चेली, आख्यानकार पुण्यप्रसाद खरेल, साहित्यकार तेराख प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेल, समिक्षक हरिनारायण भट्टराईलाई मञ्चमा आसिन गराएर कार्यक्रम सुरु भयो ।
सचिव तुलसी निरौलाले स्वागत र सदस्य भानुभक्त कुभिण्डेलीले सुसन्चालन गर्नुभएको कार्यक्रममा चौतारीका पूर्वअध्यक्ष टङ्क काफ्लेले कृतिकार देवीभक्त श्रेष्ठको परिचय प्रस्तुत गर्नुभयो । प्रमुख अतिथिलगायत मञ्चमा आसिन व्यक्तिहरुबाट आजको देवीभक्त श्रेष्ठको कृति “देवीभक्तका सृजनाहरु” (कविता सङ्ग्रह)को सामुहिक रुपमा लोकार्पण भएपछि त्यस कृतिको समीक्षात्मक चर्चा गर्नुभयो प्रा.डा. गङगाप्रसाद अधिकारी तथा हरिनारायण भट्टराईले ।
यस कृतिका एक–एक कविता कविहरु लीला अनमोल तथा पदम अधिकारीले वाचन गर्नुभयो भने कविहरु मिना अधिकारी, इलामे जेठो, जमुना खरेल, गगन भट्टराईले आफ्ना कविता, गजल, मुक्तक वाचन गर्नुभयो ।
कार्यक्रमको सुरुतिरै युवककवि मोतीराम भट्ट, प्रसिद्ध सङ्गीतकार फत्तेमान, जेन्जी सहिदहरु तथा गत भदौ १० गते रसुवागढीबाट भोटेकोसी हुँदै त्रिशुलीमा आएको अकल्पनीय बाढीमा परी निधन भएका सबैप्रति श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएथ्यो शिरो सान्दाइले ।
आजको कार्यक्रमको दिन कृतिकार देवीभक्त श्रेष्ठको जन्मदिन परेको र आजबाट उहाँ ६६ वर्षमा प्रवेश गर्न लाग्नु भएको हुँदा उहाँलाई शुभकामना, उहाँले कृतिप्रकाशन गरेवापत बधाई तथा अझ नयाँ नयाँ र राम्रा कृति सुजना गर्दैजान शुभकामना मन्तव्य व्यक्त गर्नुभयो प्रमुख अतिथि मित्रप्रसाद दाहाल, आख्यानकार पुण्यप्रसाद खरेल, डिएल प्रधान, इलामे जेठो, प्राज्ञ सुमित्रा वाङ्देल चेली तथा प्रलेस कोसीप्रदेश अध्यक्ष विन्दु दाहाल ‘मुकदर्शक’ले ।
कृतिकार देवीभक्त श्रेष्ठले आफ्नो मन्तव्य, संस्थाको स्वागत गान, भजन प्रस्तुत गर्नुभयो भने केही कलाकारले उहाँका अन्य भजन प्रस्तुत गरेर आजको कार्यक्रमलाई रोचक बनाउनु भयो । कार्यक्रमको अन्त्यमा अध्यक्षले उपस्थित सबैलाई धन्यवाद प्रदान गर्दै कृतिकार देवीभक्त श्रेष्ठलाई बधाई तथा थप राम्रा सिर्जना प्रकाशन गर्न शुभकामना दिँदै आजको कार्यक्रम समापन गर्नुभयो ।
कार्यक्रममा उपर्युक्त व्यक्तिहरुका अतिरिक्त राजेन्द्र सङ्ग्रौला, पूर्वप्रअ कर्णबहादुर डाँगी, यज्ञ परिश्रमी (मोरङ), भवानी क्षेत्री, डा.खगेन्द्र दाहाल, देशु वनेम, अभागी थेगुवा, देवीचरण भण्डारी, कृष्ण सुवेदी ‘निराकार’, हस्त परियार, लीलाप्रसाद अधिकारी, अनिरुद्र ओली, डिपि शर्मा, मेघनाथ बन्धु, दिलिप घिमिरे, एन वि दाहाल नविन, निर्माण दाहाल, भरत प्रसाईं, गोपीकृष्ण प्रसाईं, कृष्ण पौडेल, राजु बराल सहभागी हुनुहुन्थ्याे ।
त्यसैगरी पत्रकार सुव्रत नेउपाने, कवि जीवनहरि शर्मा, माधव पौडेल, कुमार श्रेष्ठ, मुक्ति अस्तित्व, ज्ञानु बुढाथोकी, देवेन्द्रकिशोर ढुङ्गाना, कृष्ण निरौला, सतिस निरौला, कमला नेम्वाङ, लीला खत्री, शेखर ढकाल, इन्द्र बाँस्तोला, भवानी गौतम, कुमार श्रेष्ठ, कृष्णमायाँ बुढाक्षेत्री, शान्ता पौडेल, पूर्ण धिमाल, विमान लामा, सन्दिप सापकोटा, चेतनाथ गुरागाईं, देव बाँस्कोटा, दीपक रायमाझी, सौगात मैनाली, जिना अधिकारीलगायत सयजना भन्दा बढीको उपस्थिति थियो ।
०००
झापाबाट पुण्यप्रसाद खरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest




































