साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म हुँ अक्षरको किसान

त्यहीँ उमार्छु स्वप्न, फक्रन्छन् पंक्तिमय शब्दका फूलहरू। म हुँ अक्षरको किसान, कागजको खेतमा रहेर मौन, शब्द रोप्छु -नि:शब्द !!

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

म हुँ अक्षरको किसान,
कागजको खेतमा
शब्द रोपिरहन्छु ,
जोतिरहन्छु विचार।
कहिले आनन्द,
कहिले वेदनाको मल छर्छु।

कलम हो मेरो हलो,
स्याही मेरो पसिना।
कहिले सुखको बतास चल्छ,t
कहिले दुःखको हुरी,
तर म अडिग उभिरहन्छु।

मौसम बदलिन्छ समयसँगै,
तर मेरो रोपाइँ रोकिन्न।
झरी परे झन् हाँस्छ
सृजनाको त्यो मेरो खेत।

गोड्छु भ्रमका झारहरू,
सिँचाइ गर्छु प्रेमिल अनुभूतिले।
त्यहीँ उमार्छु स्वप्न,
फक्रन्छन् पंक्तिमय शब्दका फूलहरू।

म हुँ अक्षरको किसान,
कागजको खेतमा
रहेर मौन, शब्द रोप्छु -नि:शब्द !!

०००
विराटगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
तोला तोलामा मान्छे

तोला तोलामा मान्छे

अनिता काेइराला
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x