साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुटुको ढुकढुकी हुन्थ्यो चिट्ठी

मसी मै माया मिसिएर मनका गीत गुनगुनाउँछ, शब्द-शब्द सम्झनाको सुनौलो संसार सजाउँछ। समय संगै प्रविधि फेरियो,तर यो सत्य-तथ्य छ चिट्ठी केवल शब्द होइन्, यो आत्माको कथ्य छ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

त्यस जमानामा चिट्ठीको, ठूलो सम्मान थियो
कागजको टुक्रा आफैमा सिङ्गो ज्यान थियो
आँसु पखालिएका अक्षरमा भाव पोखिन्थ्यो
प्रत्येक हरफमा मुटुको, जवाफ लेखिन्थ्यो।

चिट्ठी भित्र हुन्थ्यो सुगन्ध र मायाको आभास
पढ्दा लाग्थ्यो,प्रियतमको चिट्ठी मैं छ निवास
दिनभरि आँखा तिर्मिर हुलाकीलाई पर्खदैमा,
नीलो खाम पाएपछि, हाँस्थ्यो आँखा हर्खैमा

विरहको लामो रातमा, चिट्ठी हुन्थ्यो ओखती
अँध्यारो मनको कुनामा, जस्तै बलेको ज्योति
अहिले डिजिटल युगमा, खबर तुरुन्तै आउँछ
तर त्यो पर्खाइको मिठास, खै कता हराउँछ।

त्यो एक चिट्ठीमा,सिङ्गो यो संसार अटाउँथ्यो,
विरहले बासुरिएको घाउमा मलहम लाउँथ्यो
अबका झट्टका सन्देशमा, विरही तड्प कता?
अब प्रेमी जाओस जता भइरहन्छ हेलो यता।

मसी मै माया मिसिएर मनका गीत गुनगुनाउँछ,
शब्द-शब्द सम्झनाको सुनौलो संसार सजाउँछ।
समय संगै प्रविधि फेरियो,तर यो सत्य-तथ्य छ
चिट्ठी केवल शब्द होइन्, यो आत्माको कथ्य छ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x