अन्जु शर्माअदृश्य जेल
अनि सर्माउँदै भित्र पसिन्। बैठकमा राखेको ठूलो ऐना अगाडि उभिइन् र मदनको अँगालोमा जबर्जस्त आफूलाई बेरिन्।

अन्जु शर्मा :
भवन आलिसान छ।
भवनको बालकोनीबाट चारैतर्फको दृश्य नियाल्दै थिइन बिमला।
उनको आँगनमा थपक्क चन्द्रमा मुस्काएर बसे।सायद पूर्णीमाको दिन हुनपर्छ।
बिमलाको बगैंचामा “फूलको सौर्न्दर्य र सुगन्ध हराएको बेला चन्द्रमाले घुम्टो कसरी खोले?”मनसंग क्रिया प्रतिक्रिया गर्दै थिइन्।
“के छ बिमला?सन्चै हो नि ?” धेरै बर्षको अन्तरालमा घर फर्केका छिमेकी मदन दाइको स्वरले उनी झस्किन्।
बिमलालाई देखेर मदनका पाइला टक्क अडिए।
विधवका लागि समाजले लक्ष्मण रेखा कोरिदिएको छ। त्यसैले बिमला निसासिइन् तर बोल्न सकिनन्।
“किन लाज मान्छ्यौ ? त्यो पारिजातको फेदमा फूल टिपेर खेलेको बिर्सियौ ?” मदनले अमिलो हुनेगरी विगत कोट्याए।
तर पनि, बिमला बोलिनन्।
बाध्य भएर मदन आफ्नो घरतर्फ अगाडि बढे।
बिमलाले विदेशी भूमीमा गएका छोराछोरी र उनीहरूका मृत बाउको अनुहार संझिन्। अनि सर्माउँदै भित्र पसिन्।
बैठकमा राखेको ठूलो ऐना अगाडि उभिइन् र मदनको अँगालोमा जबर्जस्त आफूलाई बेरिन्।
बिस्तारै बिस्तारै समाजको अदृश्य जेलबाट स्वतन्त्र हुँदै गइन। अनि पूर्णरूपले आफ्नो अनन्त: प्यास मेटिन्।
०००
रातोपुल
२०८३/०३/१६
Subscribe
Login
0 Comments
Oldest






































