अन्जु शर्माभाउजूको बिहे
"रात रह्यो अग्राख पलायो भन्छन् । यसलाई भोलि नै माइत पुर्याइदिनुपर्ने भो। नरहे बाँस न बजे बाँसुरी।" बाको गतिलो तर्क पेस भयो ।

अन्जु शर्मा :
“आमा ! भाउजूको बिहे गर्नुपर्ने भो।”
“ताइ न तुइको के कुरा गर्छ ?” आमा झर्किनुभयो।
“बजिया! भूईं फुट्टा नेता बनी टोपलेको होला नि !” बाले आक्रोश पोख्नुभयो।
“जवानीले जीवन चल्दैन भन्छन्, बुढेसकालमा सहारा चाहियो नि ! मैले पनि आफ्नो कुरा राखें।
“पोइ टोकेपछि कस्को सहारा खोज्नु ? अब हाम्रो सेवा गर्छे, घरमा बस्छे।”आमाको निरङ्कुस तर्क आयो ।
“बोकाको मुखमा कुभिण्डो अटाउदैन भनेको यही हो ।नेताको झोला बोकेर के हिडेको थियो क्रान्तिकारी बनिटोलपल्छ।” बाको धम्की आयो ।
“बत्तीको मुनि अँध्यारो भनेको यही हो । घरकी बुहारी दोजिया भएको पत्तै छैन ।” म निडर भएर बोलेँ ।
“हैन के भन्छ ?” आमा अतालिनु भयो ।
“रात रह्यो अग्राख पलायो भन्छन् । यसलाई भोलि नै माइत पुर्याइदिनुपर्ने भो। नरहे बाँस न बजे बाँसुरी।” बाको गतिलो तर्क पेस भयो ।
यही बेला मैले मौका छोपेँ “भाउजूको पेटमा भएको बच्चा नै मेरो हो । किन माइत पठाउने ?”
०००
राताे पुल, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































