साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊ आधुनिक मान्छे रेन्त !

त्यसैले ऊ बच्चा पनि जन्माउन असमर्थ छ यी सबै बोझ सहन आधुनिक मान्छेलाई कम्ता गाह्रो भएको छ ! त्यसैले, हिजोआज आधुनिक मान्छे मानसिक रोगीमा परिणत भएको छ।

Nepal Telecom ad

अन्जु शर्मा :

देख्दा खाइलाग्दो ,अग्लो ,हट्टाकट्टा छ
आफूलाई सभ्य र भब्य ठान्छ
मोबाइल, कम्प्युटर, ल्यापटपमा समय बिताउछ।
उसको गजबको दिनचर्या छ
राति अबेर सम्म सुतेकै हुन्न
विहान अबेर सम्म उठेकै हुन्न
कम्प्युटरको थकानले तनावग्रस्त छु भन्छ।
घरको खाना उसलाई पटक्कै मन पर्दैन
भोजमान्डु हो कि पठाउ के के जातीबाट
बर्गर, पिजा, मोमो जस्ता स्वादिष्ट खाना अर्डर गर्छ
अनि ओछ्यानमा बसेर दन्काउछ।

यो आधुनिक मान्छेको रहनसहन देखेर
मैले मेरा जतन बा. हजुरबालाई सम्झें
हजुरबा! यो आधुनिक मान्छे जतिकै राम्रो हुनुहुन्थ्यो
अग्लो, खाइलाग्दो,बलियो ।
भन्नुहुन्थ्यो “कुखुराको डाकमा उठिन्थ्यो
उजेलो भुइँमा खस्दा नखस्दा
एक हलको मेलो खनिन्थियो
घरको आवश्यकता पूरा गर्न
हलो, जुवा, भकारी, नाम्लो, दाम्लो आफैं बनाइन्थ्यो
त्यहीँ भएर होला,
एक कुरूवा चामलको भात र आधामाना घिउ खान
कोही साथी खोज्नु पर्दैन थियो ।”
म गम्भीर भएर सोच्छु !!
हजुरबा मर्नेबेला पनि टाठो हुनुहुन्थ्यो
आँखा प्रष्ट देख्ने, कान सुन्ने
हजुरबाको बुढ्यौली बाहेक कुनै बिमार थिएन्।

सडक सफा र चिप्लो छ
चिल्ला गाडी बग्रेल्ती कुदेका छन्
सडक किनारको पोलमा बिजुली बत्ती झलमल छ
ठूलाठूला महलले शहर झकिझकाउ छ।
यस्तो सडकमा ,
आधुनिक मान्छे आफैं गाडी चलाएर आउँछ
अनि सडक बीचमा गाडी रोकेर भन्छ
“भिजनलेस,अनपढ नेताको हातमा देश छ
विकास गर्ने ठोस तरिका छैन
खाल्डाखुल्डी र घुमाउरो पनले
कति समय बर्बाद गरिरहेछ।
उता भ्रष्ट कर्मचारी संग दलालहरू मिलेर
भकाभक देशको जनशक्ति बेच्दै छन
खेतबारी बाँझो बनाएर, खाद्यान्न आयत गर्ने
उधोग धन्दा बन्द गर्दै,भोकमरी सृजना गर्ने
पाखण्डी नेतालाई तारो हान्नपर्छ।

म बबुरो बिकासको “ब” नजानेको मान्छे
यतिकुरा संझन सकें
हजुरबाको हलो ट्याक्टरले उडाइदियो
हजुरआमाको जाँतो पानी घट्ट र मिलले निलिदियो
एकघण्टा लाग्ने खाल्डाको कुवाको ठाउँमा
घरघरमा धाराले लियो ।
अनि मेरी चनमति आमाका कुरा संझे
चनमति देवी नाम जस्तै चतुर छिन्।
“बाबै ! उहिलेका कुरा गर्दा, कुरैको दुःख
समय अहिले जस्तो बिकसित भए पो !
टुकीको उज्यालोमा धन्दा निम्ट्याउनु पर्थ्याे
जाँतो र ढिकी त जुनको उज्यालोमा सकिन्थ्यो
धन कमाउन परदेश गएकाहरूको खबर
मरेको छ महिनामा बल्ल धागोले
बाँधेको चिठीबाट थाहा हुन्थियो
पैसाको मुख देख्न पाइन्न थियो
हाट बजार थिएनन्
अझ भनौं भने चेतनाको कमी थियो
स्कुल, कलेज छदै थिएनन्
अस्पताल थिएनन्
बिरामी परिहाले झारफुके
बैध, झाक्रीले उपचार गर्थे ।
त्यसैले, कति महिला सुत्केरी मै मर्ने,
बच्चा अकालमा धेरै मर्ने
उफ ! संझिदा नि कहाली लाग्छ।”

म दुबिधामा छु
को ठिक को बेठीक ?
मेरा नब्बे बर्षमा बित्नुभएको हजुरबाले
दबाइका नाममा केही खाइन भन्नुहुन्थ्यो
वहाँलाई बुढ्यौली बाहेक कुनै बिमार थिएन

ऊ आधुनिक मान्छे रे !
गाडी लिएर जिम गई टोपल्छ
कमाएको आधा पैसा जिमखानामा सक्छ
आधा रक्सी, मासुु र के के जातीमा सकाउछ
त्यसैले ऊ सधैं तनावग्रस्त छ
उसलाई घर खर्चको लागि कर्जा लिन परेको छ
समयमा कर्जा तिर्न नसकेको कारण
उसलाई निद्रा पर्दैन, भोक लाग्दैन
ढाड र घुँडा दुखेर हैरान भएको छ
सुगर, प्रेसर, थाइराइड आदिले गाँजेको छ
पति पत्नी बीचको सम्बन्धमा दरार आएको छ
त्यसैले ऊ बच्चा पनि जन्माउन असमर्थ छ
यी सबै बोझ सहन आधुनिक मान्छेलाई
कम्ता गाह्रो भएको छ !
त्यसैले,
हिजोआज आधुनिक मान्छे
मानसिक रोगीमा परिणत भएको छ।

०००
राताेपुल, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
रोबोट बन्ने रहर

रोबोट बन्ने रहर

अन्जु शर्मा
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x