साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खानार्थ सिध्यावारिधि

सुझबुझ नगरिकन किन लाग्नु त्यस्ताका पछाडि? नक्कली अभियन्ता पक्राउ परेपछि समर्थकहरु भने जिल्लाराम। विनासकाले विपरित वुद्धि !!

Nepal Telecom ad

अमर अधिकारी :

कताकतै कुनै संस्थाले आठकक्षा पनि नपढेकाहरुलाई मानार्थ विद्यावारिधिको उपाधि दिलाइदिएका हुन्छन्। पिएचडीको फुलफर्म भन्न नसक्नेले समेत विद्यावारिधि पाएका छन् । कतिपयले पिएचडीको फुलफर्म ‘पार्सियल हेड डिफेक्ट’ भन्ने पनि सुनेको थियो यी दुई कोप्रे कानले। विद्यावारिधि पूरा गर्न कम्ता गाह्रो छैन भन्ने कुरा यो व्यङ्ग्यकारका सुपुत्रलाई थाहा छ। उनलाई पिएचडीका लागि पाँचवर्षे कोर्सका निमित्त सिकागोस्थित युआइसीले बोलाएको थियो छात्रवृत्तिमा। यता लाख तलवको जागिर त्यागेर छात्रवृत्तिमा विद्यावारिधि गर्न पुगेका सुपुत्रलाई युनिभर्सिटीका प्रोफेसरहरुले लटकाउनुसम्म लट्काए छन्। छोरालाई तनाव भएको खबर सुन्दा हामीलाई महातनाव।

आठ वर्षको इन्तजारपछि प्रोफेसरले गाँठो फुकाइदिएछन् र छोराले पिएचडीको गाउन र टोपी लगाउन पाएछन्। तत्कालै पोस्टपिएचडीका लागि छोरालाई अमेरिकाकै पेन्सिलभेनियास्थित टेम्पल युनिभर्सिटीले छनौट गरेपछि हामीमा हर्षको वर्षा भैगो। छोराको चाहना नेपालमा आएर केही गर्ने र अमेरिकामा बस्ने मन नभएको बताएपछि वैज्ञानिक डा. महावीर पुनसँग परामर्शका लागि राष्ट्रिय आविष्कार केन्द्रमा गएँ। सातवटा साइनबोर्ड पार गरेर आविष्कार केन्द्रमा पुगेपछि आश्चर्यचकित भएँ। वैज्ञानिक पुनले यस्तो सल्लाह दिए- “यहाँ नेपालमा भविष्य बर्बाद हुन्छ, छोरालाई उतै बसेर काम गर्न भन्नुस्, बरु काम म यतैबाट दिन्छु।” यति भन्दै थप भने- “मलाई ह्वाट्स्एपमा जोडिन भन्नुहोला छोरालाई।” ह्वाट्सएप उनको पुस्तकको गाताभित्रको पृष्ठमा लेखिदिए र मलाई उक्त पुस्तकको मूल्य रु. ७०० पनि लिए।

आफू थोत्रो क्याप लगाएर बसेका छन्, खुइलिएको लुगा लगाउँछन्, खुजमुजिएको हाफ पाइन्ट लगाउँछन् अनि घिस्रिएको चप्पल लाउँछन् उनले अर्थात् पुनले। विचरा महावीर पुन ! उनलाई हेर्ने कुन् ? धन्न एकघन्टा बिताएर उनको कार्यकक्षबाट बाहिरिन लाग्दा उनले थपे- “तपाइँलाई हाम्रो प्रयोगशाला देखाउँछु।” जहाँ यत्रतत्र छरिएका उपकरणहरु र तीनका पार्टपूर्जाहरु देखिन्छन् उनको आविष्कार केन्द्रमा। उनले मलाई आफ्नो प्रयोगशाला पनि देखाए, रोबोट जस्तो ठिंग्रिङ्ङ उभिएको एउटा यन्त्र देखाए। पुनका सहायक वैज्ञानिकहरुको समूहसँगे मैले राष्ट्रिय आविष्कार केन्द्रको प्रयोगशाला अवलोकन गर्ने सुअवसर पाएँ।

वैज्ञानिक पुन र उनका सहायक वैज्ञानिकहरुले प्रयोग गरेका कैयन वैज्ञानिक र प्राविधिक भाषा मैले मुस्किलले बुझेको थिएँ। जे होस् मुहारमा मुस्कान नभए पनि उत्साह चाहिँ छ पुनमा अर्थात् उनमा। मैले आग्रह गरेँ “डा. साब ! कृषि औजार कारखाना चलाउने जिम्मा त लिनुभयो, मैले १६ वर्ष काम गरेको वीरगंज चिनी कारखाना पनि चलाइदिनु भयाे भने धेरैले रोजगार पाउने थिए।“ मेरो आग्रहको जवाफमा पुनले भने- “त्यो त भास्ट छ गाह्रो हुन्छ।“

 महावीर पुन आफू जोकर बनाइएका छन् राज्यद्वारा। योग्य, दक्ष, सक्षम, काबिल मान्छेलाई नेपालमा टिक्नै दिदैनन् भन्ने कुरा धेरैलाई थाहा छ। सरकारमा बस्ने हाम्रा नेताहरुले “उल्लेख्य मात्रामा रेमिट्यान्स भित्रियो” भनेर मख्ख पर्छन् अनि गदगद हुन्छन् भने मिडियाहरुले त्यस्ता समाचार ठूलो अक्षरको शीर्षक राखेर समाचार छाप्छन्। वास्तवमा ज्यान हतकेलामा राखेर जोखिम मलेर खाडीमा जानेहरुले पठाएको रकम न हो त्यो रेमिट्यान्स्। दश वर्षमा दश हजारको लाश त्रिभुवन विमास्थलमा अवतरण हुनुमा कस्को दोष ?

नेताहरुका कुरा बुझ्नै नसकिने छ। सत्ता र कुर्सीका लागि हानाथाप बाहेक केहि देखिदैन उनीहरुमा। जनताका आँखा, कान र मुख बन्द भैसके जस्तो छ। पहिले पहिले त सरकारको विरोध हुन्थे, राँके जुलुस हुन्थ्यो, कोण सभा हुन्थ्यो। क्रान्तिकारी नेताहरु समेत सुन तस्करमा लागेपछि र महाभ्रष्टलाई अख्तियारको प्रमुखमा नियुक्त गर्न कम्मर कसेपछि जनता जिल्लाराम परेका छन् र भन्छन्- “थुक्क कस्तो नेतालाई छानेर पठाइएछ।“ रक्सी र मासुमा बिकेर भोट दिनेहरुले समेत आफ्ना नेतालाई सराप्ने गरेको पाइन्छ।

मतदाताहरु पनि किसिम किसिमका छन्, भोट दिएर पठाउने अनि उनैलाई सराप्ने। यस्ता मतदातालाई भेँडाको संज्ञा पनि दिइन्छ। अमेरिकामा पार्टीको संख्या दुईभन्दा बढ्न सकेको छैन, हाम्रो कमिला जत्रो देशमा सवासय पार्टी हुनु हामी नेपालीका लागि दुर्भाग्य हो। यहाँ सरकार टिकाउन झिनामसिना पार्टीलाई खरिद गर्ने परम्परा बसिसकेको छ। सरकारको टेकोका रुपमा रहेका झिना मसिना पार्टीका नेताले जे भन्यो त्यही मान्नुपर्छ सरकार प्रमुखले, नत्र “सरकार गर्ल्याम्मै ढालिदिन्छौँ” भन्न थाल्छन् तोरीलाउनेहरुले। कैयन संस्थानहरु डुबाए, बेरोजगारको अवस्था सिर्जना गरे, किसानहरुलाई समेत मर्कामा पारे भस्मासुर नेताहरुले।

एसएलसी पनि नपढेकालाई ‘मानार्थ विद्यावारिधि’ दिएको देख्दा पनि उदेक लागेर आउँछ। बरु ‘खानार्थ सिध्यावारिधि’ दिनु नि ! कुनै पनि नेताले रोजगारीका अवसरहरु कसरी सिर्जना गर्ने भन्ने तिर लाग्न जरुरी छ। हावादारी अभियन्ताका पछाडि लाग्ने अन्धभक्तहरु पनि यहाँ धेरै छन्। माफिया वा अपराधी भएर पछि मीठो बोली बोलिदिनाले त्यस्ताका पछाडि समर्थकहरु ओइरिन्छन्। सुझबुझ नगरिकन किन लाग्नु त्यस्ताका पछाडि? नक्कली अभियन्ता पक्राउ परेपछि समर्थकहरु भने जिल्लाराम। विनासकाले विपरित वुद्धि !!!

०००
खुंग्री, रोल्पा हालः बुढानिलकण्ठ, काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
आफै जालमा फस्यौँ

आफै जालमा फस्यौँ

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x