साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पारिजात संघर्षशील महिला-२०८१ नेतृ विन्दा पाण्डेलाई प्रदान

‎पारिजात स्मृति केन्द्रले आज आयोजना गरेको ३२ औं स्मृति सभामा नेकपा (एमाले) की नेतृ विन्दा पाण्डेलाई पारिजात संघर्षशील महिला सम्मान २०८१ प्रदान गरिएको हाे।

Nepal Telecom ad

काठमाडाैं, २०८२ वैशाख ५ । नेपाली साहित्य र कला क्षेत्रकी चर्चित पात्र पारिजातको स्मृतिमा स्थापित ‘पारिजात स्मृति सम्मान’बाट यस वर्ष चार जना स्रष्टा सम्मानित हुनुभएको छ ।

‎पारिजात स्मृति केन्द्रले आज आयोजना गरेको ३२ औं स्मृति सभामा नेकपा (एमाले) की नेतृ विन्दा पाण्डेलाई पारिजात संघर्षशील महिला सम्मान २०८१ प्रदान गरिएको हाे।

‎पारिजात संघर्षशील महिला सम्मान छनोट समितिले संघर्षशील महिलाहरूमध्ये सांगठनिक रूपले भूमिगत कम्युनिस्ट भएर गरेको अथक राजनीतिक संघर्षको मूल्यांकनस्वरूप उक्त सम्मान पाण्डेलाई दिने निर्णय गरेको थियो।

एमाले स्थायी कमिटी सदस्य रहेकी पाण्डे पार्टीको आन्तरिक लोकतन्त्रको पक्षमा उभिँदै आएकाले त्यसको कदर स्वरूप पनि सम्मानित गरेको बताएको छ।

‎व्यवसायी मीनबहादुर गुरूङसँग दातव्यस्वरूप १० रोपनी १४ आना जग्गा लिने पार्टी सचिवालयको निर्णयविरूद्ध बोल्दै हिँडेको भन्दै उनलाई पुस १० गतेको बैठकले निलम्बन गरेको थियो।

‎पार्टीभित्र बोल्न पाउने हकको पैरवी गरेको भन्दै पारिजात संघर्षशील महिला सम्मान छनोट समितिले पाण्डेलाई पुरस्कारका लागि योग्य ठहर्‍याएको हो।

पारिजात स्मृति केन्द्रले पारिजात सृजन सम्मान – २०८१ बिना थिङलाई प्रदान गरेको छ। पारिजात बालसाहित्य सम्मान – २०८१ बाल साहित्यकार तेजप्रकाश श्रेष्ठ र पारिजात कला सम्मान – २०८१ चित्र तथा मूर्तिकार उत्तम डंगोललाई प्रदान गरिएको छ।

नेपाली साहित्यका कविता र कथा विधामा वर्गीय, लैङ्गिक र पहिचान पक्षधर लेखनमा गरेको योगदानको कदर गर्दै विना थिङलाई पारिजात सृजन सम्मान -२०८१, ‎बाल साहित्यका क्षेत्रमा गरेको बहुआयामिक योगदानको कदर गर्दै पारिजात बालसाहित्य सम्मान २०८१ बाट तेजप्रकाश श्रेष्ठलाई र उत्तम डंगोलले पनि चित्र तथा मूर्तिकलाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएवापत सम्मान गरिएको केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले सम्मानित श्रष्टाहरुलाई एक समारोहका बीच नगद राशिसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो । गत फागुन ३० गते पारिजातको जन्मजयन्तीको अवसरमा सम्मानित हुनुहुने स्रष्टाहरूको नाम घोषणा गरिएको थियो ।

सम्मानित स्रष्टाहरूले पारिजातको नाममा सम्मान प्राप्त गर्न पाउँदा गौरवान्वित महसुस भएको र यस सम्मानले आफूहरूलाई थप जिम्मेवारी बोध गराएको बताउनुभएको छ ।

पारिजात स्मृति केन्द्रले यस सम्मानले नेपाली साहित्य र कला क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

कार्यक्रम पारिजात स्मृति केन्द्रका अध्यक्ष इन्दिरा दलीको अध्यक्षतामा भएको थियो।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x