अमर अधिकारीचार खित्कौली
ठीकै छ नि त, ती नानी जेष्ठनागरिक सिटमा बस्नु र म महिला सिटमा बस्नु उस्तै त हो ! किन सिट फेर्नु ?
अमर अधिकारी ‘कीर्तिमानी’ :
(उहिले एसएलसीको परिणाम आएपछि)
जेठोः के भो तेरो रिजल्ट माइलो ?
माहिलोः फेल भएँ नि दाइ।
जेठोः अनि कुन डिभिजनमा फेल भइस् नि ?
१
(सार्वजनिक यातायात गाडीमा)
सहचालकः ए बा, महिला सिटमा नबस्नुस्, जेष्ठ नागरिक सिटमा बस्नुस् त !
जेष्ठ नागरिकः ठीकै छ नि त, ती नानी जेष्ठनागरिक सिटमा बस्नु र म महिला सिटमा बस्नु उस्तै त हो ! किन सिट फेर्नु ?२
(कक्षा कोठामा पढाइ भैरहँदा)
शिक्षकः भन त राजु ग्रहण कति किसिमका हुन्छन् ?
राजुः चन्द्रग्रहण र सूर्यग्रहण सर।
रामुः कुनै कार्यक्रममा हुने आसनग्रहण पनि हो सर।
३
(पसलमा ग्राहक पसेपछि)
ग्राहकः एक पाउ अख्तियार दुरुपयोग आयोग पाउँ त साहुजी।
साहुः मैले कुरै बुझिन।
ग्राहकः अदुआ भनेको के, पूर्ण रुपमा र व्यङ्ग्य भाषामा मैले त।
४
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ ।
Subscribe
Login
0 Comments
Oldest




































