अमर अधिकारीचार खित्कौली
टोलको गेटमा के लेखेको हो यस्तो, सिटिइभिटीको निगरानीमा हुनुहुन्छ भनेर, मेरो भाइले काम गर्ने अफिसको नाम हो यो त ?

अमर अधिकारी ‘कीर्तिमानी’ :
(पाहुना र घरवाला बगैँचामा गएपछि)
पाहुनाः के जातको बोट हो यो ?
घरवालाः यो पारिजातको बोट हो।
१
(भाइ टीकाका दिन)
बहिनीः ह्या ! दाइले पनि के टीका लगाइदिनुभाको यस्तो ?
दाजुः यो अन्टार्कटिका हो बहिनी, त्यसकै नक्सा कोरेको तिम्रो निधारमा।
२
(टोलमा एक साथी भेट्न आएपछि)
आगन्तुकः टोलको गेटमा के लेखेको हो यस्तो, सिटिइभिटीको निगरानीमा हुनुहुन्छ भनेर, मेरो भाइले काम गर्ने अफिसको नाम हो यो त ?
पसलेः ए सिसिटिभी लेख्न खोजेको होला, सिटिइभिटी भएछ, मैले पनि ख्यालै नगरेको।
३
(समारोह हलभित्र दर्शकदीर्घामा बसेका लेखक र कविबीच खासखुस)
लेखकः कार्यक्रममा मन्तव्य लम्ब्याउँदा छोट्याउनका लागि चिट दिने चलन कुन देशले चलाएको होला।
कविः त्यो भन्न पर्दैन, सबैलाई थाहा छ। नेपाल त हो नि !
४
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest



































