साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमी कुनै पनि बेला मारिन सक्छौ !

तारिन सक्छौ हेलिदिएर जीवनसागर सारिन सक्छौ परलोकतिर बसाइँ मारिन सक्छौ खरानी वङ्शमा जन्मिएका महाराज कंसकै हातबाट कुनै पनि बेला... !

Nepal Telecom ad

मिलन समीर :

हाम्रै हातमा यतिबेला
खुकुरी छ चमचमाउँदो !

चिलाइरहेको छ यतिबेलै
हाम्रो दाहिने हात
चिलाइरहेको हुनुपर्छ यतिबेलै
सायद तिम्रो गर्धन पनि… !

फर्फराइरहेको हुनुपर्छ देब्रे आँखा
र त जे देखिरहेका छौ हामीलाई
त्यही नै बोलिरहेका छौ हाम्रो बारेमा
पाइलैपिच्छे खोलिरहेका छौ हाम्रो पोल
आगोले झैँ पोलिरहेका छौ हामीलाई ।

जस्तो देखिरहेका छौ हामीलाई
त्यस्तै लेखिरहेका छौ हाम्रो बारेमा !

खोजिरहेका छौ निहुँ हामीसँग
रोजिरहेका छौ अफ्ठ्यारो बाटो !

जुनसुकै बेला पनि
पारिन सक्छौ तिमी
सबैभन्दा अफ्ठ्यारोमा
मारिन सक्छौ तिमी
कुनै पनि बेला… !

बुझाएरै बसे हुन्छ ढुक्कैसँग
बाँकी लेनदेनको हरहिसाब !

दुनियाँले
जङ्गलीराजको दु:शासनलाई
रोजेरै पठाइसकेको अवस्थामा
अझैसम्म पनि
कानुनीराजको
कुशासनको खोजी गर्ने
कलियुगे कृष्ण ! तिमी
जुनसुकै बेला पनि
पारिन सक्छौ
जिन्दगीकै अफ्ठ्यारोमा !

गुमनाम गराउनकै लागि
खोसिदिएर आधारभूत परिचय
पुर्‍याएर पहिचानविहीन अवस्थामा
घिसारिएरै झारिन सक्छौ
आत्मसम्मानको आधारशिविरबाट
आत्मदाहको निर्जन बगरमा !

तारिन सक्छौ
हेलिदिएर जीवनसागर
सारिन सक्छौ
परलोकतिर बसाइँ
मारिन सक्छौ
खरानी वङ्शमा जन्मिएका
महाराज कंसकै हातबाट
कुनै पनि बेला… !

कृष्णको हातबाट कंस मारिने
द्वापर युग होइन यो
कंसको हातबाटै कृष्ण मारिनसक्ने
कलियुगको कालबेला हो यो !

सम्बन्धित सबैलाई समयमै चेतना भया !

०००
करादीखोला, स्याङ्जा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x