साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणेश नेपालीको आत्मव्यथा

अग्निलिपिको आगोको अक्षरमा लेखिएको छ त्यसैले त बुझ्नै सकिरहेका छैनन् अझैसम्म पनि यो देशका सर्वसत्ताधारी श्रेणीविहीन थर्डक्लास ठेकेदारहरुले !

Nepal Telecom ad

मिलन समीर :

व्यस्त शहरको बिच सडकमा
यसरी ज्यूँदै जलिरहेको शरीर
धरोधर्म ! मेरो हुँदै होइन
त्यसरी जलिरहेको त
यो देशको कुरुप अनुहार हो ।

यो देशको कुरुप अनुहारमा
यसरी बिस्तारै सल्किँदैगरेको
आगोभन्दा धेरै पहिले नै
टुटिसकेको थियो
मेरो झिनो आशाको त्यान्द्रो,
चुटिसकेको थियोे मलाई
अभावको अविरल असिनापानीले,
फुटिसकेको थियोे
चुपचाप पूर्वि दिशामा बसिरहेको
साँघुरो निधारसहितको
मेरो अभागी खप्परे टाउको,
भुटिसकेको थियोे
खराने ग्याङवाला भुइँफुट्टा गिरोहले
मेरो गधापच्चिसी दिमाग !

लुटिसकेका थिए
भुइँफुट्टाहरुले
नारा लगाउँदै तथाकथित जनमतको नाउँमा
सार्वभौमसत्ता सम्पन्न
नागरिकको मौलिक हक,
छुटिसकेका थिए
मेरा सिमान्तकृत सपनाका
सवारीसुविधाहरु,
जुटिसकेका थिए
म ज्यूँदै हुँदाका मेरा मलामीसँगै
म मरेपछिका मेरै जन्तीका लस्कर !

यो देशको कुरुप अनुहारमा
यसरी बिस्तारै सल्किँ दैगरेको आगोभन्दा धेरै पहिले नै
जलिसकेको थियो
मेरो बाँकी आस्था र विश्वास
ढलिसकेको थियो
पाइलैपिच्छे मैले
न्यायकै लागि ढकढक्याइरहेको
गुहारको ढोका,
छलिसकेको थियोे
सधैँका लागि मलाई
कालो मुर्कट्टाको छायाले
बलिसकेको थियोे दनदनी
देशै खरानी बनाउने अराजक आगो !

जल्दै गरेको मेरो ज्यूँदो शरीर
महानगरको व्यस्त सडकमा
ढल्नुभन्दा पहिले नै
ढलिसकेको थियो
यो देशको निकृष्ट सत्ता !

मेरो ज्यूँदो शरीरमा
सल्किँदै गरेको आगो
कुनै उत्सव थिएन,
त्यो त भुक्तभोगी
भुइँमान्छेको तर्फबाट
सहनुको पनि चरम सिमा
नाघिसकेको अवस्थामा
असह्य भोक- प्यासको
अन्तिम चेतावनी थियो-
जुन चेतावनी
देवनागरी लिपिको
नेपाली अक्षरमा होइन,
अग्निलिपिको
आगोको अक्षरमा लेखिएको छ
त्यसैले त बुझ्नै सकिरहेका छैनन्
अझैसम्म पनि यो देशका सर्वसत्ताधारी
श्रेणीविहीन थर्डक्लास ठेकेदारहरुले !

०००
करादीखोला, स्याङ्जा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x