साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्बन्धित सबैलाई समयमै चेतना भया !

कहाँ दुर्गन्धित अपानवायु हुनु यार ! त्यो त भगवानको तर्फबाट हामीलाई प्रदान गरिएको अद्वितीय अलौकिक सुवास हो ।

Nepal Telecom ad

मिलन समीर :

घरै जलाएर
खरानीको व्यापारतिर लागिबक्सेको
होइबक्सिए पनि नाफाखोर भुइँफुट्टा
हाम्रै ग्याङ्वाला खरानेश्वर भगवानले
छेरिरहनुभएको छ अस्तव्यस्त शहरको
चौबाटोको ठ्याक्कै बीच सडकमा
फेरिरहनुभएको छ पुरै पहेँलो पिसाब
छोडिरहनुभएको छ अझै अपानवायु !

डुङ्डुङ्ती गनाइरहेको छ यतिबेला !
सिनोझैँ गनाइरहेको
पातलो दिसा,
पहेँलो पिसाब
र अपानवायुलाई
सोहीरुपमा स्वीकार गर्न
तयार छैन कुनै हालतमा पनि
अकालमै मरिसकेको अन्तरात्मा
उतिबेलै खरानी भइसकेर पनि
शरीर अझैसम्म उस्तै रहेको
बुद्धिविवेकहीन अन्धभक्त हाम्रो
उत्तरआधुनिक दास मानसिकता !

त्यसैले त भनिरहेका हुन्छौँ-
आँखा फुटिसकेको अवस्थामा
कुहिसकेको नाक बोकेर पनि
धर्तीकै बोझ बनेर बाँचिरहेका
झोलेहरु हुन् ती सबै मनुवा,
भनेको भन्यै गरेरै
पानीमाथिको ओभानो बनिरहेका हुन्छौँ
आफैँ गाडिने खाडल खनिरहेका हुन्छौँ
आफ्नै आखिरी दिन गनिरहेका हुन्छौँ !

जसले देखिरहेका छन्-
भगवानको प्रसादलाई
केवल पातलो दिसा !
भगवानको अमृतलाई
केवल पहेँलो पिसाब !
भगवानको सुवासलाई
दुर्गन्धित अपानवायु !

कहाँ पातलो दिसा हुनु यार !
त्यो त भगवानको तर्फबाट
हामीलाई प्रदान गरिएको
अद्वितीय अलौकिक प्रसाद हो ।

कहाँ पहेँलो पिसाब हुनु यार !
त्यो त भगवानको तर्फबाट
हामीलाई प्रदान गरिएको
अद्वितीय अलौकिक अमृत हो ।

कहाँ दुर्गन्धित अपानवायु हुनु यार !
त्यो त भगवानको तर्फबाट
हामीलाई प्रदान गरिएको
अद्वितीय अलौकिक सुवास हो ।

हुन त गनाइरहेकै छ होला
सायद अझैसम्म पनि
अरु सबैलाई सिनो झैँ !

तर हामीलाई त कस्तुरी झैँ
बसाइ नै रहेको छ मज्जैले ।

सम्बन्धित सबैलाई समयमै चेतना भया !

०००
करादीखोला, स्याङ्जा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यक्षप्रश्न

यक्षप्रश्न

मिलन समीर
म को हुँ …?

म को हुँ …?

मिलन समीर
मतो

मतो

मिलन समीर
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x