साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ने कुर्सीमा कालो मुर्कट्टो !

सँगै टाँसिएका छन्- वर्षौंदेखिको भोको उपियाँझैँ केही "झर्ला र खाउँला" भनेरै आसेत्यान्द्रोमा अल्झिबसेका उसका अद्वितीय अन्धभक्त...

Nepal Telecom ad

मिलन समीर :

पहिले
भूपि शेरचनका पालामा
मात्रै दृष्टिविहीन मान्छे
बसिरहेको हुन्थ्यो
मूलघरको सबैभन्दा माथिल्लो
तलामा रहेको घुम्ने कुर्सीमा !

अहिले
तपाईं- हाम्रा पालामा
आफैँसँग भएर पनि दुवै आँखा
दृष्टिशक्ति परचक्रीको पाउमा सुम्पेको
आफैँसँग भएर पनि दुवै कान
श्रवणशक्ति परचक्रीको पाउमा सुम्पेको
आफैँसँग भएर पनि ओठमुख
वाक्शक्ति परचक्रीको पाउमा सुम्पेको
आफैँसँग भएर पनि दुवै खुट्टा
वैकल्पिक बाटो हुँदै चालिएका
प्रत्येक पृथक पाइलाहरुको गति
परचक्रीकै पाउमा सुम्पेपश्चात्
परचक्रीको आशीर्वादप्राप्त
बसिरहेको छ कालो मुर्कट्टो
मूलघरको सबैभन्दा माथिल्लो
तलामा रहेको घुम्ने कुर्सीमा !

सँगै टाँसिएका छन्-
वर्षौंदेखिको भोको उपियाँझैँ
केही “झर्ला र खाउँला” भनेरै
आसेत्यान्द्रोमा अल्झिबसेका
उसका अद्वितीय अन्धभक्त
विवेकहीन भुइँफुट्टा घण्टेदासहरु,
जसले
आफ्नो दुनो सोझ्याउनैका लागि
हरेकपल उसैको आरती उतार्दै
गरिरहेका छन् हरदम चम्चेचाकरी !

०००
करादीखोला, स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x