साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चरेको कुरा त गर्दै नगर्नुहोला

बुद्धि- विवेकले अन्यत्र बसाइँ सरेको कुरा त गर्दै नगर्नुहोला समयले स्वदेशको अमनचयन हरेको कुरा त गर्दै नगर्नुहोला !

Nepal Telecom ad

मिलन समीर :

अरेको कुरा त गर्दै नगर्नुहोला
गरेको कुरा त गर्दै नगर्नुहोला

अन्नादि खानै छोडिदिएर घाँस
चरेको कुरा त गर्दै नगर्नुहोला

नयाँ हो भनेर अझ पुरानै भ्रम
छरेको कुरा त गर्दै नगर्नुहोला

आफू स्वयं आफ्नै नजरबाट
झरेको कुरा त गर्दै नगर्नुहोला

केही हुन्छ भन्ने झिनो आशा
टरेको कुरा त गर्दै नगर्नुहोला

डुङ्गा चढेरै खहरेले महासागर
तरेको कुरा त गर्दै नगर्नुहोला

वल्लो पल्लो घरमा सरिरहने
नरेको कुरा त गर्दै नगर्नुहोला

इतिहासकै अफ्ठ्यारोमा देश
परेको कुरा त गर्दै नगर्नुहोला

नयाँ बोत्तल, उही पुरानै रौसी
भरेको कुरा त गर्दै नगर्नुहोला

तथाकथित नयाँहरु झन् ज्यूँदै
मरेको कुरा त गर्दै नगर्नुहोला

बुद्धि- विवेकले अन्यत्र बसाइँ
सरेको कुरा त गर्दै नगर्नुहोला

समयले स्वदेशको अमनचयन
हरेको कुरा त गर्दै नगर्नुहोला !

०००
करादीखोला, स्याङ्जा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x