फित्काैली डटकमजनकवि दुर्गालाल श्रेष्ठ हामी बीच रहनु भएन
दुर्गालालले पछिल्लो ६ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका श्रेष्ठले नेपाल भाषासहित नेपालीमा पनि कविता र गीतसँग अन्य विधामा पनि कलम चलाउँदै आउनुभएकाे थियाे।
काठमाडाैं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षकाे उमेरमा आइतबार राति निधन भएको छ ।
नेपाल भाषा एकेडेमीका चान्सलर कृष्णसुन्दर मल्लका अनुसार कवि श्रेष्ठको श्रावण ३१ गते राति बुढानीलकण्ठस्थित घरमै निधन भएको हो ।
पछिल्लो ६ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका श्रेष्ठले नेपाल भाषासहित नेपालीमा पनि कविता र गीतसँग अन्य विधामा पनि कलम चलाउँदै आउनुभएकाे थियाे।
नेपाल भाषा परिषदले २ दशक अगाडि उहाँलाई जनकविको उपाधिबाट सम्मानित गरेको थियाे। नेपाल भाषामा कवि श्रेष्ठका कविताहरू लगायत पिजा, जी स्वयम्भू त्वथ याका फलेचा, इन्क्लाब्य पलासा, ट्विस्ट र टर्न, चिनियाम्हा किसिचा आदि एक दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन्।
“फूलको आँखामा फूलै संसार, काँढाको आँखामा काँढै संसार” गीत उहाँद्वारा लिखित लोकप्रिय गीत हो।
पछिल्लाे समयमा केही साहित्यिक संस्थाहरू उहाँको अभिनन्दनको तयारीमा थिए। नेपाल भाषा साहित्यमा लागेका अन्य साहित्यिक संस्थाहरू पनि उहाँकाे अभिनन्दनकाे भव्य तयारीमा थिए तर अचानक जनकवि दुर्गालाल श्रेष्ठको निधनको समाचार आयो।
पछिल्लो छ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका श्रेष्ठलाई २०६७ सालमा जगदम्बा-श्री पुरस्कार पनि अर्पण गरिएको थियो।
स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई काठमाडौंको मोडेल अस्पताल भर्ना गरिएको थियाे । ८९ वर्षीय श्रेष्ठलाई पिसाबको संक्रमण भइपछि अस्पताल भर्ना गरिएको पारिवारिक श्राेतले जनाएकाे छ।
अक्सिजनको कमीले आइसीयूमा भर्ना गरिएका श्रेष्ठको र स्वास्थ्यमा सुधार हुँदै गएकाे अस्पतालबाट डिस्चार्ज गरी बुढानीलकण्ठ स्थित निवासमा लगिएकाे तर पुन स्वास्थ्यअवस्था जटिल भइ उहाँकाे देहान्त भएकाे पारिवारिक श्राेतले बताएकाे छ ।
०००
Subscribe
Login
0 Comments
Oldest






































