साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नूर–गङ्गा गुठीद्वारा एकसाथ दसजना स्रष्टा साहित्यकार पुरस्कृत

कार्यक्रममा नूर–गङ्गा बालसाहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार संयुक्त रूपमा रु. एक लाखको पुरस्कारबाट लमजुङका मुक्तिनाथ शर्मा न्यौपाने र स्याङ्जाका देवीप्रसाद वनवासीलाई जनही रु. ५०/५० हजार प्रदान गरिएको छ ।

Nepal Telecom ad

काठमाडौँ । नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले साहित्य तथा लोकगीत गायनका क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका विभिन्न साहित्यकार तथा स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

गुठीले शनिबार आयोजना गरेको कार्यक्रममा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद आर्यालले विभिन्न साहित्यिक विधामा योगदान पुर्याएका १० जना स्रष्टालाई नगदसहित पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा नूर–गङ्गा बालसाहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार संयुक्त रूपमा रु. एक लाखको पुरस्कारबाट लमजुङका मुक्तिनाथ शर्मा न्यौपाने र स्याङ्जाका देवीप्रसाद वनवासीलाई जनही रु. ५०/५० हजार प्रदान गरिएको छ । त्यसै गरी एक लाख राशिको नूर–गङ्गा लोकगीत गायन राष्ट्रिय स्थापित प्रतिभा पुरस्कारबाट स्याङ्जाका क्षेत्रबहादुर गुरुङ र कास्कीका पूर्ण नेपालीलाई जनही ५०/५० हजार रुपियाँ प्रदान गरिएको छ ।

यस्तै नूर–गङ्गा साहित्य क्षेत्रीय स्थापित प्रतिभा पुरस्कारबाट रुपन्देहीका वनमाली निराकारलाई ५० हजार रुपियाँ तथा नूर–गङ्गा लोकगीत गायन क्षेत्रीय स्थापित प्रतिभा पुरस्कारबाट नवलपरासीका पदमध्वज केसीलाई ५० हजार रुपियाँ प्रदान गरिएको छ ।

नूर–गङ्गा साहित्य राष्ट्रिय नवप्रतिभा पुरस्कारबाट ललितपुरकी आँचल श्रेष्ठलाई ३० हजार रुपियाँ तथा नूर–गङ्गा लोकगीत गायन राष्ट्रिय नवप्रतिभा पुरस्कारबाट नवलपुरका अर्जुन सापकोटालाई ३० हजार रुपियाँ प्रदान गरिएको गुठीले जनाएको छ ।

सो अवसरमा साहित्यकार रामबाबु नेपाल, कमलराज पौड्याल तथा प्राडा सावित्री कक्षपतिलाई समेत सम्मान गरिएको थियो । पुरस्कार तथा सम्मानबाट सम्मानित स्रष्टाहरूले साहित्य तथा लोकगीतका क्षेत्रमा आफूहरूले पु¥याएको योगदानको कदर गर्दै सम्मानित गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँहरूले यस्ता पुरस्कार तथा सम्मानले नेपाली साहित्य र लोकसाहित्यका क्षेत्रमा नयाँ पुस्तालाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x