साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झाँसीका भँगेरा जोडी

म पनि लागें वातानुकुलित डिब्बातर्फ भँगेरा जोडीसँग बिदा मागेर । र छिकछिक आवाज सँगै ट्रेन चल्न शुरु भयो ।

Nepal Telecom ad

डा. सुमन राज ताम्रकार :

नेपालमा जनआन्दोलन भाग — दुई चलिरहेछ । तर म कर्मस्थल पढाइको सिलसिलामा दक्षिण भारत जानेक्रममा झाँसीमा, ट्रान्जिटमा छु ।

हो हो त्यहि झाँसी, जुन एक वीरङ्गना नारीसँग सम्बन्धित छ । जुन बोर्डिङ्ग स्कुलको किताबमा पढ्नुपर्छ, नपरोस् पनि कसरी आखिर नेपालमा छापिने भए पो ? विदेशका ऐतिहासिक व्यक्तित्वबारे जानकारी राख्नुपर्छ तर पाठ्यपुस्तकमै चाहिं अलि चित्त बुझेन है ।

ट्रान्जिट अलि लामै छ, कसरी समय कटाउने थाहा छैन । झाँसी बजार घुम्न जाउँ कि जस्तो कहाँ नलागेको हो र ? जाउँ त भनि रेल्वे स्टेशन बाहिर पाइला मात्र के हालेको थिएँ, टेम्पो ट्याक्सीका दलालहरुले तानतुन गर्न आए । तिनीहरुको हरकट देखेर फर्केर आई रेल्वे स्टेशनको मेचमा बसें । त्यहिं समय कटाउने निधो गरें ।

उक्त रेल्वे स्टेशनका भवनहरुको उचाई अग्लै थियो । यसो नजर माथि पु¥याएको त एक जोडी भँगेरा गुँड बनाउन तल्लिन रहेछन् । दुईटा दलानको कापमा गुँड बनाउन लागेको दृश्य मलाई रमाइलो लाग्यो । थप रमाइलो त भाले चाहिं भँगेराले आफूभन्दा तेब्बर लामो सिन्का गुँडमा लान पटक पटक प्रयास दृश्यले भयो । पोथी चाहिं अलि नखरमाउली र काम ठग्ने रहिछन् । भालेको नजर छुपाइ पटापट खान्की मात्र टिप्दिरहिछन् । भालेले हेरेको बेलामा हलुको प्वाँख, पराल जस्ता हलुको चीज च्यापे जस्तो गर्दी रहिछन् ।

मलाई तिनिहरुको चालचलन झनै रोमाञ्चकारी लाग्न थाल्यो । मेरो अनुमानमा गुँड लगभग तयार भैसकेको हुनुपर्छ । किनकि तिनिहरु नरम चीज छान्न, ओसार्नमै व्यस्त थिए ।

हेर्दाहेर्दै तिनीहरुले रमाइलो पो गर्न थाले । मैले अघि नै भनेंनी पोथी चाहिं अलि नखरमाउली छे भनेर । भाले चाहिं फकाउन भरमग्दुर प्रयास गरिरहँदा पोथी चाहिं भाउ खोज्दै थिइन् । अन्ततोगत्वा पोथीको मन न हो, आगो अगाडि मैन पग्ले झैं पोथी लत्राकलुत्रुक परिहालिन् ।

भाले चाहिं माथि चढ्ने, काम गर्ने, तल ओर्लने क्रम चल्न थाल्यो । भँगेराको संसर्गको दृश्य जतिको रमाइलो अन्य कुनै जिवजन्तुको हुँदैन । कतिपटक त अब गन्छु भने पनि गन्नै भ्याइन । अब थाकेर हो वा कसैले हेरिरहेको चाल पाएर हो केहि नभए जस्तो केहि नगरे जस्तो दुबैले पखेटा खर्रर मिलाए र एकैक्षणका लागि मेरो दृश्यपटलबाट टाढा भए । एकै क्षणमै फेरि देखा परे । अब भने अर्कै भोक लागेछ क्यारे चारो टिप्न नै व्यस्त थिए ।

त्यति लामो ट्रान्जिट समय एक पलमै काटिएछ भँगेरा जोडीको क्रियाकलाप हेरेर । यतिकैमा दक्षिण भारत तर्फ जाने म चढ्ने ट्रेन पटरीमा आइपुगेको र यात्रुहरुलाई आ—आफ्नो सीटमा बस्न माइकबाट अनुरोध गरिरहेको थियो । म पनि लागें वातानुकुलित डिब्बातर्फ भँगेरा जोडीसँग बिदा मागेर । र छिकछिक आवाज सँगै ट्रेन चल्न शुरु भयो ।

०००
रचनाकाल : २०६२/२०६३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राजनीतिक पीडित

राजनीतिक पीडित

सीताराम नेपाल
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
श्राद्ध

श्राद्ध

त्रिलोचन ढकाल
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x