साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन त फलामकै भए असल हुन्छ

बैँसले जाऊँ है भन्न लाग्यो– पीर झनै ठूलो आकाश देख्यो– आकाशजस्तै बतास देख्यो– बतासजस्तै नौनीजस्तो मेरो मनलाई जसले पायो, उसले छुन्छ त्यसैले पनि मन त फलामकै भए असल हुन्छ ।

Nepal Telecom ad

हरिभक्त कटुवाल :

मन त फलामकै भए असल हुन्छ

न घात–प्रतिघातमा रुन्छ
न सयपत्री र बाबरीले बाटो थुन्छ
मन त फलामकै भए असल हुन्छ

कसैले चिमोट्यो–
एक कप्टेरा त्यतै टाँसियो
कसैले एउटा मुस्कान फ्याँक्यो–
उसैको पछ्यौरीमा गाँसियो
जहिले पनि जलेकै छ
जता पनि ढलेकै छ
मनको बह कसैसित नकह
कसले बुझ्छ ? कसले सुन्छ ?
मन त फलामकै भए असल हुन्छ ।

वसन्तमा वन फुल्यो, मन उतै भुल्यो
बैँसले जाऊँ है भन्न लाग्यो– पीर झनै ठूलो
आकाश देख्यो– आकाशजस्तै
बतास देख्यो– बतासजस्तै
नौनीजस्तो मेरो मनलाई
जसले पायो, उसले छुन्छ
त्यसैले पनि
मन त फलामकै भए असल हुन्छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x