फित्काैली डटकमविश्वज्ञान पाठशालामा भानुको सम्झना
७८ जना विद्यार्थी प्रतियोगी रहेको सो कार्यक्रमको सभानायकत्व विद्यालयका प्रधानाध्यापक मातृका कार्कीले गर्नुभएको थियो ।

काठमाडौं । विश्वज्ञान पाठशालाले आदिकवि भानुभक्तको सम्झनामा छन्दकविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।
कक्षा ३ देखि १० सम्मका ७८ जना विद्यार्थी प्रतियोगी रहेको सो कार्यक्रमको सभानायकत्व विद्यालयका प्रधानाध्यापक मातृका कार्कीले गर्नुभएको थियो । कार्यक्रमको प्रारम्भमा विद्यालयकी शिक्षिका ज्ञानु घिमिरेले कार्यक्रममा प्रतियोगिहरूलाई उत्साहित एवं निर्णायक अतिथि सहित सबैलाई स्वागत गर्दै केही रचना वाचन गर्नुभएको थियो ।
विद्यालयका शिक्षक विद्यार्थीहरूको समुपस्थितिमा सम्पन्न सो कार्यक्रममा प्रतियोगी छात्रछात्राहरूद्वारा विविध छन्दका आफ्नै मौलिक सिर्जना र विभिन्न प्रतिष्ठित कविका रचना वाचन गरिएका थिए ।
मनोहरा साहित्य समाजका अध्यक्ष डिल्लीराज अर्याल तथा बुढ्यौली साहित्य समाजका अध्यक्ष कविराज घिमिरे निर्णायक रहनुभएको सो कार्यक्रमलाई शिक्षिका इच्छा शिवाकोटीले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यतिर निर्णायकका तर्फबाट स्रष्टा कविराज घिमिरेले वाचित कविताका विषयमा संक्षिप्तमा बोल्नुभएको थियो भने शिक्षक पुष्कर बरालले निर्णायक साहित्यकारहरूलाई मायाको चिनो अर्पण गर्नुभएको थियो।
०००
Subscribe
Login
0 Comments
Oldest




































