साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असारे भाका गाउँछन् पाका खेतमा झरेर

घुमको सुर्ती झिकेर माडिन् जन्तरी आमाले सलाई कोरी सल्काए खिली बेरेर मामाले बिउका मुठा फ्याँक्दै छ कोही बाउसे गरेर असारे भाका गाउँछन् पाका खेतमा झरेर ।

Nepal Telecom ad

इन्द्रनारायण सुवेदी :

खेतमा झरे खेतालाहरू पाखुरा सुर्किए
पसिना गाली खेतका गरा सनक्कै खुर्किए
भिझेछ माटो कान्लो र आँठो पानीले भरेर
असारे भाका गाउँछन् पाका खेतमा झरेर।१।

गराको हिलो मिहिन गिलो गालामा पोतेर
गल्दैन हली बिहानैदेखि त्यो खेत जोतेर
कान्छीले चिया हातैमा दिन्छे गिलास भरेर
असारे भाका गाउँछन् पाका खेतमा झरेर ।२।

घुमको सुर्ती झिकेर माडिन् जन्तरी आमाले
सलाई कोरी सल्काए खिली बेरेर मामाले
बिउका मुठा फ्याँक्दै छ कोही बाउसे गरेर
असारे भाका गाउँछन् पाका खेतमा झरेर ।३।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x