साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंहको हुङ्कार

छाेटे सिंहहरू तराई र मधेसी भूमि नाप्दै चुरे-भावर पस्दै छन् ऐश-आरामको कर्कस हाँसोसँगै डकार्दै मृत आत्माको रगत ।

Nepal Telecom ad

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’ :

सिंह-
तिमी वनको राजा
कहिले तिमी
अरण्यको छायाँमा लुकेको
कम्पित डमरु थियौ,
तिमीले लुलो गतिमा धर्ती नाप्दा
न गर्व थियो
न गर्जनको साहस ।

आज
उमेरले तिमीलाई
दरो दाँत र नङ्ग्रा दियो,
अनि अह‌ङ्कारको कलेजी फुल्यो,
शरीर तन्कियो,
रौं झुस्सियो,
आँखा भयको दीप बने
पञ्जाहरू दरो बने ।

अरण्यको मौनताभित्र
पाइला चाल्छौ तिमी
कहिले लस्कँदै
कहिले बुर्कुसी मार्दै,
हुड्‌ङ्कारको ज्वालामा
निर्दोष जीवनलाई
दन्काउँदै संहारतिर धकेल्दै ।

रक्त-पिपासु तिमी
झारखण्डको वन पसेर
कति निर्दोष आत्माहरू
रगतको स्वादमा संहार गर्यो
कप्लक्क पेटभित्र हुल्यौ
तर भरिएन कहिल्यै
मातिएको तिम्रो पेट ।

अब त
छाेटे सिंहहरू
नाकानाकामा अखडा जमाएर
लोभलालचाको जाल थाप्दै
बडे सिंहको छायाँमा
मातेर आतङ्कित छन्
अमन चयन गर्दै छन्
अवोधको रगतको होलीमा ।

छाेटे सिंहहरू
तराई र मधेसी भूमि नाप्दै
चुरे-भावर पस्दै छन्
ऐश-आरामको
कर्कस हाँसोसँगै
डकार्दै मृत आत्माको रगत ।

के याे हुङ्कार
निरन्तरताकाे लागि हाे कि,
अन्त्यकाे पूर्व सङ्केत ?

०००
१ भदाै २०७२
खरानीकाे अङ्कुर (२०८३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x