साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यङ्ग्य निबन्धमा सृजन लम्साल

उनको व्यङ्ग्यात्मक शिल्प निकै तिखारिएको पनि छ। उनले जुन विषयको उठान गरेका छन् । त्यसलाई व्यापक रूपमा फिँजाउन पनि सफल भएका छन् ।

Nepal Telecom ad

प्रा. कपिल अज्ञात :

सर्वप्रथम २०२६ सालमा ‘पुतली’ नामक कविता लेखी कलेजको मुखपत्रमा प्रकाशित गर्ने सजन लम्सालको प्रमाणपत्रीय नाम पूर्णचन्द्र शर्मा हो । माता टङ्कमाया उपाध्याय र पिता चोमराज उपाध्यायको कोखमा २००३ साल असोज १५ मा तनहुँको किहुँ बडहर भञ्ज्याङको प्राकतिक परिवेशमा उनको जन्म भएको हो । हाल तीनबीसे तेह्र वसन्त पार गरिसकेका उनी मूलतः निबन्धकार हुन् भन्ने तथ्य उनकै अधिकांश नैबन्धिक कति र तिनमा निहित ज्ञानबर्द्धक र प्रेरणा प्रदायक सामग्रीले साबित गरिसकेका छन् । एक दर्जन जति कृतिमध्ये आधा दर्जन जति त उनका निबन्धकै कृति छन् र ती पनि लोकप्रिय बनिसकेका छन् । ती सबैले पनि उनी मुख्य रूपमा निबन्धकार नै हुन् भन्ने तथ्यको पुष्टि गर्छन् । निबन्धमै पनि व्यङ्ग्यात्मकता, निजात्मकता, वस्तुपरकता, सूचनात्मकता आदि बहुआयामिक प्रवृत्ति एवं नियात्रात्मकता, संस्मरणात्मकता, प्रबन्धात्मकता आदि बहु उपविधात्मक स्थिति देखापर्छ।

सद्य उनको पन्ध्रवटा व्यङ्ग्यात्मक धारका निबन्धहरू सङ्गृहीत रहेको मृत्यु अधिकार (२०७८) नामक निबन्ध तन्नेरी प्रकाशन, काठमाडौँद्वारा प्रकाशित भएको छ । व्यङ्ग्य निबन्ध भनेपछि व्यङ्ग्यको धार र प्रवाह, पाइन र प्रभाव के-कस्तो छ ? विचारणीय रहन्छ। प्रायः व्यङ्ग्यमा हास्य मिसिएर आउँछ तर यो हास्यको कृति नभएर व्यङ्ग्यको मात्र कृति हो भन्ने तथ्य निबन्ध प्रवेशपछि बुझ्न सकिन्छ । प्रायः सबै निबन्धमा निबन्धकारको समीक्षाचेत तीव्र देखिन्छ ।

युगीन विषयबोधको गहनता पनि त्यत्तिकै सूक्ष्म छ । उनले विषयवस्तुको सार्थक र सटीक ढङ्गले व्याख्या-विश्लेषण गरेका छन् । रागात्मकता वा भावात्मकता अपेक्षाकृत कमजस्तो एवं काव्यात्मकतातर्फ त्यति लगाव नरहे पनि दृष्टिकोण वा धारणा भने सघन र सूक्ष्म रूपमा रहेको पाइन्छ । आफ्‌ना नैबन्धिक प्रवृत्तिलाई उनले निख्खर ढङ्गले प्रस्तुत गरेका छन् । सुधार र परिवर्तनको आकाङ्क्षाबाट अभिप्रेरित रहेका उनले विकृति-विसङ्गतिका पक्षहरूलाई उधिनेर प्रभावोत्पादक ढङ्गले आफ्‌ना प्रस्तुतिहरू अधि सारेका छन् । समयको बिम्ब वा युगीन चित्र पनि उनका कृतिमा यथेष्ट देखिन्छ । आफ्‌नै जीवनले बेहोरेका सङ्क्रमणकालीन अवस्थाको पनि चित्रण गरेका छन्। बाल्यकालमा आफूले बेहोरेका स्मृतिबिम्बहरूलाई पनि सन्दर्भअनुसार संयोजन गर्दै कथ्यको राम्रो पुष्टि गरेका छन् ।

शोधखोज, विद्वत्ता र चिन्तन प्रकटीकरण भएको यस कृतिकै उत्कृष्टतम निबन्ध हो -मृत्यु अधिकार। रावण कहिल्यै मर्दैन, सम्पत्ति, सपना र स्वर्ग, हठवीरको सडकवाद, बन्द उत्सव, आततायी ऐना, परनिर्भरता पनि अब्बल दर्जाका निबन्ध देखापर्छन् । मृत्यु अधिकारको कथ्य प्रतिपादन संवादात्मक प्रस्तुतिबाट प्रारम्भ भएको छ र पछि गम्भीर चिन्तनको विश्लेषणबाट अन्त्य भएको छ। यथार्थमा यो दार्शनिक व्याख्या-विश्लेषणपरक निबन्ध हो। निबन्धकै उत्कृष्ट चिन्तनका आधारमा सर्वनियतिलाई ध्यानमा राखेर कृतिकै नामकरण गरिएको देखिन्छ तर यसै सङ्ग्रहभित्रका अधिकांश निबन्ध यसको प्रकृतिबाट अलि पृथक् छन् । तिनमा यगीन आलोक यस्तै कनै शीर्षक राखिएको भए पनि उपयुक्त हुन्थ्यो जस्तो लाग्छ । मृत्यु समयको बिम्ब खिचिएको छ । यस दृष्टिले मृत्यु अधिकार शीर्षक नराखी समयविम्व वा अधिकारले त यो बढी दार्शनिक विषयको कति हो जस्तो भान हुन्छ ।

जे होस्, स्वस्थ जीवन सुखद् मृत्युको कामना गर्ने हामी मृत्युको अधिकार ईश्वरसँगै सुरक्षित होस् भन्नेमा समर्थन जनाउँदै शीर्षक निरर्थक छैन भन्नेमा नै सहमति जनाउन सकिन्छ । यस्तै मृत्यसम्बन्धी गहन चिन्तन भएको जगदीश घिमिरेको आत्मकथात्मक कति अन्तर्मनको यात्राको अन्ततिर एक विशेष निबन्ध देखिन्छ । त्यसपछि यसले हर कुनै पाठकमा विशेष प्रभाव पार्नेछ भन्नेमा सन्देह छैन । यहाँ यसलाई निबन्धको कोटिमा राखिए पनि यथार्थमा यो दार्शनिक शोधखोजको प्रबन्धात्मक लेख हो किनभने यसमा विशिष्ट विद्वान्हरूका मृत्युसम्बन्धी धारणा समीक्षात्मक रूपमा सन्निहित रहेका छन् तथापि यसले निबन्धको गरिमालाई हास गराएको पाइन्न। समग्र निबन्धहरू गम्भीर अनुभव, गहन चिन्तन र मिहिनेतका उपज देखिन्छन् । विचार, चिन्तन र दृष्टिकोणले सिँगारेर निबन्धलाई यथोचित परिपाक र विस्तारमा फिजाउँदै समस्याहरूलाई स्पष्ट अवगत गराई सुधारको निर्देशन समेत गरेका छन् ।

यसमा सङ्गृहीत निबन्धहरू विभिन्न विषय र प्रकृतिका छन् । कुनैमा व्यङ्ग्यको प्रचुरता, कुनैमा चिन्तन सघनता र कुनैमा वस्तु विश्लेषणात्मकता छ । प्रायः सबै निबन्धको शैलीशिल्प समान रहे पनि प्रतिपादित विषयले तिनलाई पृथक् तुल्याएको छ । सबैभन्दा अधिक उनले आफ्‌नै पारिवेशिक वृत्तको सहरका बारेमा आफ्‌ना अनुभव र चिन्तनहरू बौद्धिक रूपबाट फिँजारेका छन् । जम्मा जम्मी पन्ध्र निबन्धमध्ये तीनवटा निबन्ध त्यही विषयमा केन्द्रित छन् । अधिकांश निबन्ध व्यङ्ग्य केन्द्रित भए पनि तिनमा ठाडो र सतही व्यङ्ग्य नभई गम्भीर र मर्मभेदी व्यङ्ग्य छ । मृत्यु अधिकार दार्शनिक विषयको निबन्ध भए पनि त्यसमा व्यङ्ग्य नभएको होइन तर यो व्यङ्ग्यप्रधान निबन्ध नभएर चिन्तनप्रधान निबन्ध हो । यसमा जीवनप्रतिकै गम्भीर विश्लेषण र ब्याख्या छ, चिन्तन र विचार छ ।

जीवनप्रतिका प्रचुर ज्ञानबर्द्धक आध्यात्मिक दृष्टिकोण सन्निहित छन् । कतिपय ब्याख्या र विश्लेषणहरू आम मानिसले जानेबुझेकै विषय हुन् जो उनले बहुपहिचानको सहरभित्रका कुरा उठाएका छन्। ती सामान्य अनुभवका कुरालाई पनि कलात्मक ढङ्गले चित्रण गरेर सुन्दर स्वरूप निर्मित गर्नु उनको विशेषता देखिन्छ । कतै पौराणिक बिम्बबाट सामयिक चरित्र उद्घाटन गर्छन् । कतै सांस्कृतिक पर्वहरू शक्ति प्रदर्शनको रूपमा रहेको विचार प्रकट गर्छन्, कतै स्थानीय चित्रण गर्दै तार्किक विवरण प्रस्तुत गर्छन् । यसरी सामाजिक यथार्थवादमा आधारित रही नेपाली निबन्ध परम्परामा उनले आफ्‌नो पृथक पहिचान बनाएका छन् ।

अन्तमा भावात्मक वेग वा अनुभूतिको तीव्रता त्यति नपाइए तापनि वस्तुगत विवरणलाई कलात्मक सीपले उनेर प्रस्तुत गरेको पाइन्छ । समाजका विकृति-विसङ्गतिहरूप्रति तीव्र प्रहार गर्दै राष्ट्रप्रेमको भावनालाई पनि उजागर गरेको देखिन्छ। उनको व्यङ्ग्यात्मक शिल्प निकै तिखारिएको पनि छ। उनले जुन विषयको उठान गरेका छन् । त्यसलाई व्यापक रूपमा फिँजाउन पनि सफल भएका छन् ।

०००
कीर्तिपुर, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x