साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नियात्राकार राजाराम बर्तौलाकाे कृति लिगलिगे दौड सडकमै लाेकार्पण

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. सुरेन्द्र के.सी.ले नियात्राकार राजाराम बर्तौलाले निरन्तर लेखन गरिरहनु भएकाले हामीले प्रत्यक्ष अनुभव गर्न पाइरहेका छौं भन्नु भयाे ।

Nepal Telecom ad

काठमाडौँ । नियात्राकार राजाराम बर्तौलाद्वारा लिखित लिगलिगे दौड पुस्तकको आज विमोचन गरियो । नेपालका धेरै स्थानहरू घुमेर त्यसका प्राकृतिक, ऐतिहासिक, सामरिक तथा धार्मिक स्थलगत दृश्यबोध गर्दै लेखिएको यस पुस्तकमा २९ शीर्षकमा समेटिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. सुरेन्द्र के.सी.ले नियात्राकार राजाराम बर्तौलाले निरन्तर लेखन गरिरहनु भएकाले हामीले प्रत्यक्ष अनुभव गर्न पाइरहेका छौं वहाँको सरल लेखन शैलीले पाठकलाई सजिलै प्रभाव पार्न सक्ने कुरा बताउनु भयो ।

सडक विमोचन कार्यक्रमका संयोजक डा. नवराज रिजालले नियात्रकार बर्तौलाको लेखन लोभलाग्दो छ, प्रस्तुति निकै शालिन रहेको बताउँदै काठमाडौं शहरको नजिकका सुन्दर प्राकृतिक भूगोलको सचित्र वर्णन भएको बताउनु भयो ।

त्यस्तै लेखक नियात्राकार राजाराम बर्तौलाले , मैले आफैंले भोगेका देखेका अनुभूतिजन्य कुरालाई भाषा साहित्यका माध्यमबाट प्रस्तुत गरेको मात्र हुँ अरुकुरा पाठकको प्रतिक्रियामा छोडेको बताउनु भयो ।

सडक विमोचन कार्यक्रमका सदस्य तथा अनुसन्धान कर्मी बद्रीप्रसाद ढकालले नियात्रा कार राजाराम बर्तौलाले जीवनको भागदौडमा भोगिएका कुरासँगै गोरखाकै लिगलिगे दौडको स्मरण गर्दै जीवनकाे खाेज र प्राप्ति काे कुरा उठाएकाे बताउनु भयो ।

अनुसन्धान विमर्श नेपालद्वारा प्रकाशित पुस्तक नियात्रासङ्ग्रहको रूपमा बजारमा आएको हो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x